निर्वाचन आयोगद्वारा मतदाता नामावली अद्यावधिक
नवलपुर,असोज ३१। निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ ।
अद्यावधिक विवरणअनुसार गएको प्रतिनिधिसभा चुनावपछि एक लाख ८७ हजार ६८६ जना नयाँ मतदाता थपिएका छन् । प्रतिनिधिसभा चुनावमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मतदान गर्ने अधिकार पाएका थिए ।
गएको चैत २२ गतेदेखि भदौ १५ गतेसम्मको विवरणका आधारमा मतदाता नामावली अद्यावधिक गरेको हो । अद्यावधिक गरिएको नामावलीअनुसार हाल पुरुष मतदाताको सङ्ख्या ९७ लाख ६९ हजार ८२५ पुगेको छ ।
त्यस्तै, महिला मतदाताको सङ्ख्या ९३ लाख २१ हजार ३३६ र अन्य समूहका मतदाताको सङ्ख्या २१४ रहेको आयोगले जनाएको छ ।
यसैबीच, आयोगले विभिन्न कारणले एक लाख ५८ हजार २६४ जनाको नाम मतदाता नामावलीबाट हटाएको छ । आयोगका अनुसार मृत्यु भएका ४५ हजार ३२२ जनाका साथै दोहोरो नाम परेका, नागरिकता त्यागेका वा रद्द भएका लगायतका व्यक्तिको नाम हटाइएको हो ।
आयोगले हिजो विज्ञप्ती निकाल्दै मतदाता नामावली अद्यावधिक गरेको जनाएको छ ।

कोप–३१ मा हिमाल पग्लिने र समुद्री सतह बढ्ने मुद्दा एकैसाथ उठाउने नेपालको तयारी
नवलपुर,असोज ३१। नेपालले आगामी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) मा हिमनदी पग्लिने र समुद्री सतह बढ्ने मुद्दालाई

शुक्र अस्त भएका कारण दशैँका कर्म रोकिँदैन : पञ्चाङ्ग निर्णायक विकास समिति
नवलपुर, असोज ३१ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसवर्ष शुक्र अस्त भएकै कारण दशैँ मनाउन हुँदैन भनी गरिएको प्रचार शास्त्रसम्मत नरहेको जनाएको छ

चाडबाडमा अनलाइन ठगीबाट बच्न ओटीपी र पासवर्ड गोप्य राख्न राष्ट्र बैंकको आग्रह
नवलपुर, असोज ३१ । दशैँ, तिहार लगायत चाडपर्वका बेला अनलाइन ठगी हुन सक्ने भएकाले सावधानी अपनाउन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकको







.2026-10-12-03-41-15.jpeg)
प्रतिकृया दिनुहोस