-->

शुक्र अस्त भएका कारण दशैँका कर्म रोकिँदैन : पञ्चाङ्ग निर्णायक विकास समिति

Nawalpurfm

नवलपुर, असोज ३१ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसवर्ष शुक्र अस्त भएकै कारण दशैँ मनाउन हुँदैन भनी गरिएको प्रचार शास्त्रसम्मत नरहेको जनाएको छ ।

शारदीय नवरात्रको विधि हरेक वर्ष असोज शुक्ल पक्षमा गरिने वार्षिक नित्य कर्म भएकाले शुक्र वा वृहस्पति अस्त भएर चाड मनाउन फरक नपार्ने समितिका अध्यक्ष पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो ।

सामाजिक सञ्जालको भरमा कुनै पनि भ्रममा नपर्न समितिले आह्वान गरेको छ । वृहस्पति र शुक्र अस्तका बेला कुनै कामना राखेर गरिने कर्म गर्न मात्र नहुने शास्त्रीय वचन रहेको छ ।

गएको असोज २८ गते बुधबार दिउँसो १ बजेर ४० मिनेटमा पश्चिममा अस्त भएका शुक्र कात्तिक ११ गते बुधबार मध्यराति १२ बजेर ४९ मिनेटमा उदय हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

निर्वाचन आयोगद्वारा मतदाता नामावली अद्यावधिक

नवलपुर,असोज ३१। निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । अद्यावधिक विवरणअनुसार गएको  प्रतिनिधिसभा चुनावपछि एक लाख ८७ हजार ६८६ जना नयाँ

Nawalpurfm

कोप–३१ मा हिमाल पग्लिने र समुद्री सतह बढ्ने मुद्दा एकैसाथ उठाउने नेपालको तयारी

नवलपुर,असोज ३१। नेपालले आगामी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) मा हिमनदी पग्लिने र समुद्री सतह बढ्ने मुद्दालाई

Nawalpurfm

चाडबाडमा अनलाइन ठगीबाट बच्न ओटीपी र पासवर्ड गोप्य राख्न राष्ट्र बैंकको आग्रह

नवलपुर, असोज ३१ । दशैँ, तिहार लगायत चाडपर्वका बेला अनलाइन ठगी हुन सक्ने भएकाले सावधानी अपनाउन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकको

↑