नवरात्रको आठौँ दिन आज महागौरीको पूजा आराधना गरिँदै
नवलपुर,कात्तिक,०१ । नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा गरिँदै छ ।
सेतो वर्ण, सेतो पहिरन र गहना धारण गरेकी, वृष वाहन भएकी यी देवीका चार हात रहेका छन् ।
शिव पुराणका अनुसार मातालाई आठ वर्षको उमेरमै श्रीमहादेवलाई पतिको रूपमा पाउन कठोर तपस्या सुरु गरेकी थिइन् ।
काठमाडौँ । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा गरिँदै छ । दुर्गा पूजा अन्तर्गत आठौँ स्वरूप महागौरीको पूजाको विशेष विधिविधान रहेको छ । अमोघ शक्ति भएकी यी देवीको भक्ति तथा उपासना गर्नाले भक्तजनहरूको पूर्वसञ्चित पापहरूसहित भविष्यका पाप–सन्ताप नष्ट भई सबै दोष नाश हुने र पछिसम्म कुनै बाधाअड्चन नआउने प्रत्यक्ष फलदायी शास्त्रीय मान्यता रहेको छ ।
सेतो वर्ण तथा सेतो पहिरन र गहना धारण गरेकी, वृष ९साँढे० वाहन भएकी यी देवीका चार हात रहेका छन् । देवीको माथिल्लो दाहिने हातमा अभयमुद्रा र तल्लो दाहिने हातमा त्रिशूल छ भने बायाँतर्फको माथिल्लो हातमा डमरु र तल्लो हातमा वरमुद्रा रहेका छन् । अत्यन्त शान्त मुद्रामा देखिने यी माताको स्वरूप गोरो वर्णको छ ।
शिव पुराणका अनुसार मातालाई आठ वर्षको उमेरमै पूर्वजन्मको आभास भएपछि सोही उमेरदेखि श्रीमहादेवलाई पतिको रूपमा पाउन कठोर तपस्या सुरु गरेकी थिइन् । बाल्यकालमा पार्वती हुँदादेखि नै ‘महादेवलाई पाए वरण गर्छु, नत्र कुमारी नै रहन्छु’ भन्ने दृढ प्रतिज्ञाका साथ उनले कठोर तपस्या गरेकी थिइन् ।
सोही तपस्याका कारण उनको शरीर कालो हुन पुगेको थियो। पछि उनको तपस्याबाट खुसी भएका शिवजीले गंगाजलले नुहाइदिएपछि उनी गोरी भइन् र उनको नाम ‘महागौरी’ रहन गएको पौराणिक प्रसङ्ग छ । यस्तै मोक्ष प्राप्तिको चाहना गरिने हुनाले देवमन्दिर तथा यज्ञ–यज्ञादिमा विधिपूर्वक बलि दिँदा ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने शास्त्रीय वर्णन समेत पाइन्छ ।
महागौरीको पूजाआजाका लागि बिहान ब्रह्ममुहूर्तमा उठी स्नानआदि नित्यकर्म सकेर आवश्यक सामग्री जुटाउने गरिन्छ। पूजाका लागि गणेश भगवान् र नवदुर्गाको मूर्ति वा तस्बिर, कलश, कलश राख्ने थाली वा आसन, रातो कपडा, परम्परा अनुसारको ध्वजा वा पूजा कपडा आवश्यक पर्दछ। यसका साथै नरिवल, पञ्चपल्लव, शुद्ध जल, जौ, माटो वा बालुवा, चामल, सुपारी, सिक्का, पञ्चरत्न, फूल, दूबो, चन्दन, अबिर, सिन्दूर, धूप, दियो, घिउ, तेल, कपुर, रक्षासूत्र, अर्घपात्र, पूजा थाली, आसन तथा नैवेद्यका लागि केरा, स्याउलगायत फलफूल, मिठाई, दूध, दही, मह, चिनी वा सख्खर र प्रसाद तयार पारेर देवीको आराधना गर्ने प्रचलन रहेको छ ।

सुनकोशीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो : तीन जनाको खोजी चल्दै
नवलपुर,कात्तिक,०१ । काठमाण्डौबाट खोटाङका लागि छुटेको जीप गएराति सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ

नेपाल फर्कन चाहेको सन्देशसहित जीबी राईको अडियो सार्वजनिक, अडियो परीक्षणको तयारी
नवलपुर,कात्तिक,०१ । सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा फरार रहेका गीतेन्द्रबाबु (जीबी राई) ‘स्वदेश फर्किन चाहेको’ प्रेस विज्ञप्ति र अडियो

निर्वाचन आयोगद्वारा मतदाता नामावली अद्यावधिक
नवलपुर,असोज ३१। निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । अद्यावधिक विवरणअनुसार गएको प्रतिनिधिसभा चुनावपछि एक लाख ८७ हजार ६८६ जना नयाँ







.2026-10-12-03-41-15.jpeg)
प्रतिकृया दिनुहोस