-->

नेपाल फर्कन चाहेको सन्देशसहित जीबी राईको अडियो सार्वजनिक, अडियो परीक्षणको तयारी

Nawalpurfm

नवलपुर,कात्तिक,०१  । सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा फरार रहेका गीतेन्द्रबाबु (जीबी राई) ‘स्वदेश फर्किन चाहेको’ प्रेस विज्ञप्ति र अडियो सन्देश सार्वजनिक भएको छ । सेतोपाटी डिजिटल पत्रिकाले हिजो सार्वजनिक गरेको अडियोमा राईले ‘शेयरधनी, बचतकर्ता, ऋणी र सरकार’ लाई सम्बोधन गर्दै सहकारी संस्था, कम्पनी र अन्य विषयवस्तुबारे जानकारी गराएका छन् ।

पक्राउ नै समाधान हो भने आफैँ उपस्थित हुने तर त्यसो गर्दा लाखौँ बचतकर्ताको अर्बौँ रकम फिर्ता नआउने उनले बताएका छन् । उनले बचतकर्ताको रकम निश्चित समयभित्र विभिन्न वैकल्पिक उपाय अवलम्बन गरी व्यवस्थापन गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

राईविरुद्ध पोखराको सूर्यदर्शन, चितवनको सहारा, वीरगन्जको सानो पाइला, बुटवलको सुप्रिम, नेपालगन्जको समानता र काठमाण्डौको स्वर्णलक्ष्मी सहकारीमा रहेको हजारौँ सर्वसाधारणको बचत रकम हिनामिना गरेको अभियोग छ । राई अहिले कहाँ छन् भन्ने खुलेको छैन । उनी मलेसियामा रहेको हुन सक्ने अनुमान छ ।

सहकारीको रकम अपचलन प्रकरण सार्वजनिक हुन थालेपछि राई नेपालबाट भारत हुँदै मलेसिया पुगेको प्रहरीको भनाइ छ । सार्वजनिक भएको अडियोबारे नेपाल प्रहरीले परीक्षणको तयारी गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

सुनकोशीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो : तीन जनाको खोजी चल्दै

नवलपुर,कात्तिक,०१ । काठमाण्डौबाट खोटाङका लागि छुटेको जीप गएराति सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ

Nawalpurfm

नवरात्रको आठौँ दिन आज महागौरीको पूजा आराधना गरिँदै

नवलपुर,कात्तिक,०१  । नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा गरिँदै छ । सेतो वर्ण, सेतो पहिरन र गहना धारण

Nawalpurfm

निर्वाचन आयोगद्वारा मतदाता नामावली अद्यावधिक

नवलपुर,असोज ३१। निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । अद्यावधिक विवरणअनुसार गएको  प्रतिनिधिसभा चुनावपछि एक लाख ८७ हजार ६८६ जना नयाँ

↑