नुवाकोट र रसुवा जोड्ने वेत्रावतीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा
नवलपुर,असोज २४ । नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीको फलाखु खोलामा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ ।
नेपाली सेनाको प्राविधिक टोलीले पुललाई वारपार अर्थात रसुवा र नुवाकोटतर्फ टेकाएको छ । अब त्यहाँ गाडी गुड्ने पाता बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने सेनाको प्राविधिक टोलीले जनाएको छ ।
दशैँको घटस्थापनाअघि नै बेलीब्रिज सञ्चालनमा ल्याउने तयारी छ । भदौ १० गतेको भोटेकोशी बाढीले वेत्रावतीको पुल बगाएपछि नुवाकोट र रसुवाबीचको सडक सम्पर्क टुटेको थियो । बेलिब्रिज सञ्चालनमा आएपछि दुवै जिल्लाका बासिन्दालाई आवतजावत गर्न सहज हुनेछ ।

सबै पालिकामा मनोसामाजिक परामर्शदाता राख्न मानवअधिकार आयोगको सुझाव
नवलपुर, असोज २४ । राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा मानसिक रूपमा अस्वस्थ नागरिकको जीवन, स्वतन्त्रता र मर्यादा सुरक्षित हुन नसकेको भन्दै चिन्ता

आइतबारदेखि देशभरको मौसममा सुधार आउने
नवलपुर, असोज २४ । भोलिदेखि देशभरको मौसममा सुधार आउने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पूर्वी भूभागमा रहेको मौसमी प्रणाली

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश
नवलपुर, असोज २४ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्रलगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैकिङ सेवा




.2026-10-03-07-49-59.jpeg)


प्रतिकृया दिनुहोस