आइतबारदेखि देशभरको मौसममा सुधार आउने
नवलपुर, असोज २४ । भोलिदेखि देशभरको मौसममा सुधार आउने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण–पूर्वतर्फ सर्दै कमजोर बनेकाले वर्षाको क्रम घट्दै जानेछ । आज दिउँसो र राति कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै सिराहामा १०३ दशमलव ४ मिलिमिटर वर्षा रेकर्ड भएको छ । भोलिदेखि भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने पहाडी भूभागका एक–दुई ठाउँमा मात्र हल्का वर्षा हुनेछ । पर्सि सोमबार रातिदेखि देशैभर पानी पर्ने सम्भावना टरेर जाने मौसमविद् बिनु महर्जनले जानकारी दिनुभयो ।
यसैबीच, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमतीका पहाडी तथा हिमाली क्षेत्रका लागि पहेँलो चेतावनी जारी गरेको छ । मेघगर्जन र चट्याङको जोखिम कायमै रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

सबै पालिकामा मनोसामाजिक परामर्शदाता राख्न मानवअधिकार आयोगको सुझाव
नवलपुर, असोज २४ । राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा मानसिक रूपमा अस्वस्थ नागरिकको जीवन, स्वतन्त्रता र मर्यादा सुरक्षित हुन नसकेको भन्दै चिन्ता

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश
नवलपुर, असोज २४ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्रलगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैकिङ सेवा

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित
नवलपुर,असोज २४ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले गायक पशुपति शर्मालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । शर्मा यसअघि




.2026-10-03-07-49-59.jpeg)


प्रतिकृया दिनुहोस