सबै पालिकामा मनोसामाजिक परामर्शदाता राख्न मानवअधिकार आयोगको सुझाव
नवलपुर, असोज २४ । राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा मानसिक रूपमा अस्वस्थ नागरिकको जीवन, स्वतन्त्रता र मर्यादा सुरक्षित हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा आज विज्ञप्ति निकालेर आयोगले कानुन र कार्यक्रमहरू भए पनि मानसिक रोगबाट प्रभावित व्यक्तिहरूको अधिकार संरक्षण हुन नसकेको जनाएको हो । यस वर्ष ‘भोगाइलाई सुनौँ, आवाजलाई सम्मान गरौँ, परिवर्तनको सुरुवात गरौँ’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ । तर, आयोगको अनुगमनबाट मानसिक रोगीका आवाज र भोगाइप्रति बेवास्ता हुने गरेको तथा दुर्व्यवहार र विभेदका कारण उनीहरूको अधिकार सुरक्षित हुन नसकेको देखिएको छ ।
मानसिक स्वास्थ्य सेवामा सीमित पहुँच, सामाजिक लाञ्छना, आर्थिक कठिनाइ र मनोसामाजिक सहयोगको अभावले प्रभावित व्यक्तिहरू सम्मानपूर्वक बाँच्न पाउने अधिकारबाट वञ्चित भइरहेका छन् । विशेष गरी समुदाय स्तरमा मनोसामाजिक परामर्श दिने जनशक्तिको चरम अभाव रहेको आयोगले औँल्याएको छ । संविधान र जनस्वास्थ्य सेवा ऐनले दिएका स्वास्थ्यसम्बन्धी हक अधिकारको व्यवहारमा प्रभावकारी कार्यान्वयन हुन नसकेको विज्ञप्तिमा उल्लेख छ ।
आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले जारी गर्नुभएको विज्ञप्तिमा मानसिक स्वास्थ्य सेवामा सबैको सहज पहुँच सुनिश्चित गर्न र पालिकामा परामर्शदाताको व्यवस्था गर्न तथा सेवालाई विभेदरहित बनाउन माग गरिएको छ ।

आइतबारदेखि देशभरको मौसममा सुधार आउने
नवलपुर, असोज २४ । भोलिदेखि देशभरको मौसममा सुधार आउने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पूर्वी भूभागमा रहेको मौसमी प्रणाली

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश
नवलपुर, असोज २४ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्रलगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैकिङ सेवा

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित
नवलपुर,असोज २४ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले गायक पशुपति शर्मालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । शर्मा यसअघि




.2026-10-03-07-49-59.jpeg)


प्रतिकृया दिनुहोस