-->

विपद् तथा द्वन्द्व प्रभावित समुदायहरूमा मानसिक स्वास्थ्य समस्या गम्भीर बन्दै

Nawalpurfm

नवलपुर,असोज २४ ।  ‘जीवन्त अनुभवहरूको सुनुवाइः वास्तविक आवाज, वास्तविक परिवर्तन’ भन्ने नाराका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ ।

मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने, मानसिक समस्याप्रतिको सामाजिक कलंक हटाउने र सबैका लागि मानसिक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । सन् १९९२ देखि मनाउन थालिएको विश्व मानसिक स्वास्थ्य दिवसले मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण रहेको सन्देश प्रवाह गर्दै आएको छ ।

मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ भन्ने सन्देश प्रवाह गर्न विश्व स्वास्थ्य सङ्गठनले सदस्य राष्ट्रका सबैसँग आग्रह गरेको छ ।  प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपत्कालजस्ता सङ्कटमा परेकालाई मनोसामाजिक परामर्श दिन तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा विश्व स्वास्थ्य संगठनले जोड दिएको छ ।

मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरूप्रति जनचेतना जगाउने, सामाजिक कलंक हटाउने र सबैका लागि मानसिक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नका लागि तीन दशक अघिदेखि यो दिवस मनाइदै आएको हो । मानसिक स्वास्थ्य समस्याले व्यक्तिको सोचाइ, भावना, व्यवहार, दैनिक कामकाज र सामाजिक सम्बन्धमा असर पार्न सक्छ ।

तनाव, चिन्ता, अवसाद, निद्रामा समस्या, निराशा, एक्लोपन महसुस हुनु, पहिले मन पर्ने काममा रुचि घट्नु, अत्यधिक रिस उठ्नु, एकाग्रता कमजोर हुनु र भोकमा परिवर्तन आउनु मानसिक स्वास्थ्य समस्याका सम्भावित लक्षण हुन् ।

त्यस्तै, निरन्तर थकान महसुस हुनु, आफूलाई मूल्यहीन ठान्नु, भविष्यप्रति निराश हुनु, सामाजिक गतिविधिबाट टाढिनु तथा दैनिक जिम्मेवारी पूरा गर्न कठिनाइ जस्ता लक्षण लामो समयसम्म रहिरहेमा वा दैनिक जीवनमा असर पारेमा स्वास्थ्यकर्मी वा मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनुपर्ने विज्ञहरुको सुझाव छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार १० प्रतिशत वयस्कले आफ्नो जीवनकालमा कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्या अनुभव गर्ने गरेका छन् । अहिलेको समयमा ४।३ प्रतिशत वयस्कमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ । किशोर–किशोरीहरूमा यो दर ५।२ प्रतिशत रहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभर कुल रोगभारको एक ठूलो हिस्सा मानसिक समस्याले ओगटेको छ । नेपालमा पनि तनाव, चिन्ता, अवसाद, आत्महत्या र लागूऔषध दुव्र्यसन जस्ता समस्याहरू बढेका छन् । विशेषगरी युवाहरू, किशोर–किशोरीहरू र बिपद् तथा द्वन्द्व प्रभावित समुदायहरूमा मानसिक स्वास्थ्य समस्या गम्भीर बन्दै गएको देखिन्छ ।

राजनीतिक नेतृत्व, सरकारी कर्मचारी, स्वास्थ्य तथा सामाजिक सेवा प्रदायक, विद्यालय  र सामुदायिक समूहहरूसहित सबैले एकताबद्ध भएर हरेक व्यक्तिको मानसिक स्वास्थ्य सबल बनाउनेतर्फ लाग्न संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको छ ।  

प्रतिकृया दिनुहोस
Nawalpurfm

सबै पालिकामा मनोसामाजिक परामर्शदाता राख्न मानवअधिकार आयोगको सुझाव

नवलपुर, असोज २४ । राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा मानसिक रूपमा अस्वस्थ नागरिकको जीवन, स्वतन्त्रता र मर्यादा सुरक्षित हुन नसकेको भन्दै चिन्ता

Nawalpurfm

आइतबारदेखि देशभरको मौसममा सुधार आउने

नवलपुर, असोज २४ । भोलिदेखि देशभरको मौसममा सुधार आउने भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पूर्वी भूभागमा रहेको मौसमी प्रणाली

Nawalpurfm

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश

नवलपुर, असोज २४ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्रलगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैकिङ सेवा

↑