-->

बागमती, मधेश र कोशी प्रदेशमा वर्षा : पानी पर्नेक्रम आजदेखि कम हुने

Nawalpurfm

नवलपुर,असोज २४ । अहिले बागमती र मधेश प्रदेशका केही ठाउँ तथा कोशीका थोरै ठाउँमा पानी परिरहेको छ । काठमाण्डौ उपत्यका र आसपासका जिल्ला तथा मधेश प्रदेशका धेरैजसो जिल्लामा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएराति काठमाण्डौ उपत्यकामा ठूलो पानी परेको थियो । गएरातिको तुलनामा अहिले बिहान पानी पर्नेक्रम केही घटेको छ । काठमाण्डौमा अहिले हल्का वर्षा भैरहेको छ ।

पूर्वको कोशी  प्रदेशका थोरै ठाउँमा पानी परेको छ । पानी परेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । हिजो बेलुका पनि बागमतीसहित कोशी र गण्डकी प्रदेशका  थोरै ठाउँमा पानी परेको थियो ।

मौसमविद्काअनुसार आजदेखि पानी पर्नेक्रम क्रमशः घट्ने र मौसममा सुधार हुँदै जाने अनुमान छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

सबै पालिकामा मनोसामाजिक परामर्शदाता राख्न मानवअधिकार आयोगको सुझाव

नवलपुर, असोज २४ । राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा मानसिक रूपमा अस्वस्थ नागरिकको जीवन, स्वतन्त्रता र मर्यादा सुरक्षित हुन नसकेको भन्दै चिन्ता

Nawalpurfm

आइतबारदेखि देशभरको मौसममा सुधार आउने

नवलपुर, असोज २४ । भोलिदेखि देशभरको मौसममा सुधार आउने भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पूर्वी भूभागमा रहेको मौसमी प्रणाली

Nawalpurfm

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश

नवलपुर, असोज २४ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्रलगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैकिङ सेवा

↑