ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती
नवलपुर, असोज १३ । अमेरिका र चीनले करिब ३० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा भन्सार कटौती गर्ने सूची सार्वजनिक गरेका छन् ।
अमेरिका र चीनबीच व्यापारिक तनाव कम गर्ने प्रयासस्वरूप यस्तो निर्णय गरिएको एपीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वासिङ्टनमा भेटवार्ता भएको केही दिनपछि नयाँ सूची सार्वजनिक गरिएको हो ।
चीनले अमेरिकाबाट आयात गर्ने कृषि उपज, चिकित्सा उपकरण, काठ र कोइलालगायत एक हजार ६१९ प्रकारका वस्तुमा भन्सार घटाउनेछ । अमेरिकाले चीनबाट आयात गर्ने ७७ वर्गका वस्तु, जसमा आतिशबाजी, भान्साका सामग्री, काठ तथा सिसाका सजावटी सामान र फुटबललगायतमा भन्सार कटौती गर्नेछ ।
यो नयाँ व्यवस्थाले दुई देशबीच व्यापारिक सहयोग बढाउन सहयोग पुग्ने चिनियाँ वाणिज्य मन्त्रालयले जनाएको छ । अमेरिकी अधिकारीहरूले पनि यसबाट अमेरिकी किसान, उत्पादक र व्यवसायीलाई चिनियाँ बजारमा थप पहुँच पुग्ने बताएका छन्।
तर चिप, विद्युतीय गाडी र ब्याट्रीजस्ता रणनीतिक महत्वका क्षेत्र भने नयाँ भन्सार कटौतीमा समेटिएका छैनन् । विशेषज्ञहरूले भन्सार घटेपछि दुई देशबीच व्यापार बढ्न सक्ने भए पनि समग्र आर्थिक प्रभाव तत्काल सीमित हुन सक्ने जनाएका छन्।

देशभर झरी रोकिएसँगै मौसम खुल्यो : आजदेखि तराई क्षेत्रमा गर्मी बढ्ने
नवलपुर, असोज १३ । देशका धेरै ठाउँमा मौसममा सुधार आएको छ । गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुलेको हो । पछिल्लो २४
आज प्रतिनिधिसभाको बैठक बस्दै
नवलपुर, असोज १३ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने तय भएको छ । आजको बैठकमा प्रधानमन्त्री

नारायणीको बाढीले बगाएको गैँडा सुस्तामा भेटियो
नवलपुर, असोज १२ । नारायणी नदीमा आएको भीषण बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जबाट बगेको एउटा गैँडा नवलपरासीको सुस्तामा भेटिएको छ । सुस्ता








.2026-09-28-08-06-21.jpeg)
प्रतिकृया दिनुहोस