देशभर झरी रोकिएसँगै मौसम खुल्यो : आजदेखि तराई क्षेत्रमा गर्मी बढ्ने
नवलपुर, असोज १३ । देशका धेरै ठाउँमा मौसममा सुधार आएको छ ।
गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुलेको हो ।
पछिल्लो २४ घण्टामा छिटफुटबाहेक पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रमा अस्ति बेलुकीसम्म सक्रिय रहेको वर्षा त्यसपछि रोकिएको हो ।
पूर्वमा अस्ति बिहानदेखि र मध्य भेगमा त्यसैदिन दिउँसोदेखि नै झरी रोकिएको थियो । अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पानी पर्न रोकिएसँगै बिहानबेलुका चिसो भएपनि दिउँसो गर्मी हुन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि तराईका सबैजसो भागमा गर्मी बढ्नेछ ।
आज हिमाली र पहाडी भागका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती
नवलपुर, असोज १३ । अमेरिका र चीनले करिब ३० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा भन्सार कटौती गर्ने सूची सार्वजनिक गरेका छन् । अमेरिका र चीनबीच व्यापारिक
आज प्रतिनिधिसभाको बैठक बस्दै
नवलपुर, असोज १३ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने तय भएको छ । आजको बैठकमा प्रधानमन्त्री

नारायणीको बाढीले बगाएको गैँडा सुस्तामा भेटियो
नवलपुर, असोज १२ । नारायणी नदीमा आएको भीषण बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जबाट बगेको एउटा गैँडा नवलपरासीको सुस्तामा भेटिएको छ । सुस्ता








.2026-09-28-08-06-21.jpeg)
प्रतिकृया दिनुहोस