-->

बागलुङ र पाल्पामा पहिरोमा पुरिएर ६ जनाको ज्यान गयो

Nawalpurfm

नवलपुर,असोज ११ । बागलुङ र पाल्पामा पहिरोमा पुरिएर ६ जनाको ज्यान गएको छ ।

बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार निसी खोला गाउँपालिका–३ की श्यामकुमारी विक र उहाँका तीन जना छोरा मनोज, मुकेश र निसानको ज्यान गएको हो ।

यस्तै पाल्पाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको ज्यान गएको हो ।

यस्तै माथागढी–३ मा पहिरोले घर पुरिँदा ३ जनाको अवस्था थाहा हुन सकेको छैन । माथागढी गाउँपालिका–३ भैसकट्टामा आज बिहान साढे ४ बजे घर माथिबाट पहिरो खसेको थियो । पहिरोले लिलबहादुर घर्ती मगरको घर पुरेको र ७० वर्षीय लिलबहादुरसहित उहाँकी छोरी १७ वर्षीया दिना र छिमेकी मोतीलाल घर्तीमगरकी छोरी १५ वर्षीया झरना सम्पर्कविहीन भएको वडाअध्यक्ष तेजबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

घर माथिबाट आएको ठूलो ढिस्कोसहितको पहिरोले घर नै देख्न नसक्ने गरी पुरेको छ । ठूलो ढिस्को र पहिरो आएकाले उद्धारमा समस्या भएको गाउँपालिकाका अध्यक्ष यम चिदीले बताउनुभयो । घटनालगत्तै सुरक्षाकर्मीको टोली खोजी तथा उद्धारमा खटिएका अध्यक्ष चिदीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

मनाङको तालगाउँ डुबानमा

नवलपुर,असोज १२ । अविरल वर्षापछि मर्स्याङ्दी नदीमा आएको बाढी मनाङको नासोँ गाउँपालिका–१ तालगाउँ डुबानमा परेको छ ।     गाउँमा बाढी पसेपछि त्यहाँका

Nawalpurfm

मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता

नवलपुर, असोज ११ । मनाङको नार्पाभूमि गाउँपालिका वडा नम्बर ५ मा रहेको हिम्लुङ हिमालमा हिउँपहिरो गएको छ । बिहान हिउँपहिरो गएको जानकारी पाएपछि खोजी तथा

Nawalpurfm

तनहुँमा सवारी चालक अनुमतिपत्र परीक्षा स्थगित

नवलपुर,असोज १० । अविरल वर्षा र त्यसबाट उत्पन्न जोखिमलाई ध्यानमा राख्दै यातायात व्यवस्था कार्यालय तनहुँ (डुम्रे) ले सवारी चालक अनुमतिपत्रको लिखित तथा

↑