-->

तनहुँमा सवारी चालक अनुमतिपत्र परीक्षा स्थगित

Nawalpurfm

नवलपुर,असोज १० । अविरल वर्षा र त्यसबाट उत्पन्न जोखिमलाई ध्यानमा राख्दै यातायात व्यवस्था कार्यालय तनहुँ (डुम्रे) ले सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगित गरेको छ।

तनहुँको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा रहेको कार्यालयले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार निरन्तर भइरहेको वर्षाका कारण उत्पन्न असहज परिस्थितिलाई दृष्टिगत गर्दै परीक्षा तालिका संशोधन गरेको हो।

कार्यालयका अनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा हुनसक्ने सम्भावना रहेको र डुम्रे बजार क्षेत्रमा समेत निरन्तर वर्षा भइरहेकाले असोज ९ र १२ गतेका लागि तय गरिएका परीक्षा स्थगित गरिएको हो।

संशोधित तालिकाअनुसार असोज ९ गतेका लागि निर्धारित मोटरसाइकल, स्कुटर र कारको लिखित परीक्षा असोज १२ गते सञ्चालन हुनेछ। त्यसैगरी, असोज १२ गतेका लागि तय गरिएको मोटरसाइकल र स्कुटरको प्रयोगात्मक परीक्षा असोज १४ गते सञ्चालन गरिने कार्यालयले जनाएको छ।

कार्यालयका कम्प्युटर अधिकृत रामकृष्ण श्रेष्ठका अनुसार परीक्षाबाहेकका अन्य नियमित सेवा र बाँकी परीक्षा तालिका भने यथावत् रूपमा सञ्चालन हुनेछन्।

प्रतिकृया दिनुहोस
Nawalpurfm

मनाङको तालगाउँ डुबानमा

नवलपुर,असोज १२ । अविरल वर्षापछि मर्स्याङ्दी नदीमा आएको बाढी मनाङको नासोँ गाउँपालिका–१ तालगाउँ डुबानमा परेको छ ।     गाउँमा बाढी पसेपछि त्यहाँका

Nawalpurfm

मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता

नवलपुर, असोज ११ । मनाङको नार्पाभूमि गाउँपालिका वडा नम्बर ५ मा रहेको हिम्लुङ हिमालमा हिउँपहिरो गएको छ । बिहान हिउँपहिरो गएको जानकारी पाएपछि खोजी तथा

Nawalpurfm

बागलुङ र पाल्पामा पहिरोमा पुरिएर ६ जनाको ज्यान गयो

नवलपुर,असोज ११ । बागलुङ र पाल्पामा पहिरोमा पुरिएर ६ जनाको ज्यान गएको छ । बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको ज्यान गएको हो । जिल्ला प्रहरी

↑