पदयात्रा र हिमाल आरोहणजस्ता गतिविधि तत्कालका लागि स्थगित गर्न आग्रह
नवलपुर, असोज ७ । नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधि तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाको मौसमी चेतावनीपछि बोर्डले विशेषगरी पर्सि शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशलगायतका क्षेत्रमा पदयात्रा र हिमाल आरोहणसहितका गतिविधि स्थगित गर्न आग्रह गरेको हो ।
नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माले अहिले पर्यटकीय मौसम भएकाले धेरै क्षेत्रमा भ्रमण तथा आरोहणका कार्यक्रम भइरहेका तर मौसमी सूचनाअनुसार सावधानी अपनाउन आवश्यक रहेको बताउनुभएको छ ।
ठूलो वर्षा र हिमपातसँगै बाढीपहिरो तथा उच्च हिमाली क्षेत्रमा जोखिम रहने भएकाले बोर्डले पर्यटक तथा पर्यटन व्यवसायीलाई आधिकारिक सूचना निरन्तर पछ्याउन आग्रह गरेको छ ।
जोखिमयुक्त मौसमलाई ख्याल गरी सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र पर्यटकीय गतिविधि गर्नुपर्ने उहाँको भनाइ छ ।

सामुदायिक विद्यालयमा आवासीय सुविधास : अनाथ र विकट क्षेत्रका विद्यार्थीले निस्शुल्क पठनपाठन
पुरुषोत्तम सुवेदी । नवलपुर, असोज ७ । पश्चिम नवलपरासी जिल्लाका ७ वटा पालिकाहरूमध्ये बर्दघाट नगरपालिकाले जिल्लामै पहिलो पटक सामुदायिक विद्यालयमा

सरकारको तयारीः घण्टा–घण्टामा वर्षाको सूचना, सुरक्षाकर्मी ‘हाई अलर्ट’
नवलपुर, असोज ७ । सम्भावित भारी वर्षा र त्यसबाट निम्तिनसक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर

रसुवा बाढीका पीडित पहिचानका लागि चीनद्वारा नास्टलाई डीएनए परीक्षण प्रविधि हस्तान्तरण
नवलपुर, असोज ७ । चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण, सामग्री तथा प्रविधि








प्रतिकृया दिनुहोस