-->

इन्द्रध्वजासहितको यःसिं ठड्याएसँगै काठमाण्डौ उपत्यकामा मनाइने इन्द्रजात्रा शुरू

Nawalpurfm

नवलपुर, असोज ७ । काठमाण्डौको बसन्तपुरमा आज बिहान इन्द्रध्वजासहितको यःसिं अर्थात  लिंगो  ठड्याएसँगै इन्द्रजात्रा शुरू भएको छ ।

बिहान ७ बजेर ४७ मिनेटको साइतमा इन्द्रध्वजा उत्थान गरी काठमाण्डौ उपत्यकामा मनाइने यस वर्षको इन्द्रजात्रा आजदेखि शुरू भएको हो । हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रूपमा इन्द्रजात्रा शुरू हुने परम्परा छ ।

हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने येँया अर्थात इन्द्रजात्रा आउँदो असोज १३ गतेसम्म चल्नेछ । इन्द्रजात्रा अन्तर्गत पर्सि असोज ९ गते कुमारी रथ यात्रा अन्तर्गत तल्लो टोलयात्रा प्रारम्भ हुनेछ भने १० गते माथिल्लो टोलमा रथ यात्रा हुनेछ ।

असोज १३ गते मंगलबार नानिचा यात्रा हुन्छ । त्यसै दिन राति ९ बजेर २५ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि इन्द्रजात्रा सकिन्छ ।

आजैदेखि इन्द्रजात्रामा प्रदर्शन गरिने मजिपाः लाखे, हल्चोकको आकाश भैरव, किलागलको पुलुकिसि, देवी नाच, महाकाली नाच, आकाश भैरव, समयबजी सजाएर राख्नेलगायतका परम्परागत सांस्कृतिक मूर्ति, नाच जस्ता धार्मिक गतिविधि हुने गर्छन् ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

सामुदायिक विद्यालयमा आवासीय सुविधास : अनाथ र विकट क्षेत्रका विद्यार्थीले निस्शुल्क पठनपाठन

पुरुषोत्तम सुवेदी । नवलपुर, असोज ७ । पश्चिम नवलपरासी जिल्लाका ७ वटा पालिकाहरूमध्ये बर्दघाट नगरपालिकाले जिल्लामै पहिलो पटक सामुदायिक विद्यालयमा

Nawalpurfm

सरकारको तयारीः घण्टा–घण्टामा वर्षाको सूचना, सुरक्षाकर्मी ‘हाई अलर्ट’

नवलपुर, असोज ७ । सम्भावित भारी वर्षा र त्यसबाट निम्तिनसक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर

Nawalpurfm

रसुवा बाढीका पीडित पहिचानका लागि चीनद्वारा नास्टलाई डीएनए परीक्षण प्रविधि हस्तान्तरण

नवलपुर, असोज ७ । चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण, सामग्री तथा प्रविधि