अमेरिकाले नेपाललाई थप ३१ मिलियन डलर सहयोग गर्ने
नवलपुर, असोज ७ । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग द्विपक्षीय भेटवार्ता भएको छ ।
न्यूयोर्कमा भएको भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, हालै भोटेकोशीमा गएको बाढी, राहत तथा पुनर्निर्माणका कार्यलगायतका विषयमा छलफल भएको न्यूयोर्कमा रहेको नेपाली नियोगले जनाएको छ ।
साथै हुकरले भोटेकोशी बाढीपछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि थप ३१ मिलियन अमेरिकी डलर अर्थात् झण्डै ४ अर्ब ७४ करोड रुपैयाँ बराबर सहयोग गर्ने जानकारी पनि गराउनुभएको छ ।
त्यस्तै, प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता, आश्रय, संरक्षण, जीविकोपार्जन र हिउँदका लागि आवश्यक सहयोगलगायतका क्षेत्रमा थप सहयोग उपलब्ध गराउने योजना अमेरिकाले सार्वजनिक गरेको छ ।
मन्त्री खनाल र उपविदेशमन्त्री हुकरबीच पुनर्निर्माणका प्रयासमा अमेरिकाको निरन्तर साथ र सहयोगको विषयमा समेत कुराकानी भएको थियो । हुकर र परराष्ट्रमन्त्री खनालबीचको भेट राष्ट्रसंघको ८१औँ महासभाका लागि विश्वका नेताहरू तथा उच्च अधिकारी न्यूयोर्कमा भेला भएका बेला भएको हो ।
यस्तै परराष्ट्रमन्त्री खनालले भारतीय विदेशमन्त्री एस। जयशंकरसँग पनि भेटवार्ता गर्नुभएको छ । न्यूयोर्कमा आज भएको भेटवार्तामा उहाँहरुबीच नेपाल–भारत सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको छ ।

सामुदायिक विद्यालयमा आवासीय सुविधास : अनाथ र विकट क्षेत्रका विद्यार्थीले निस्शुल्क पठनपाठन
पुरुषोत्तम सुवेदी । नवलपुर, असोज ७ । पश्चिम नवलपरासी जिल्लाका ७ वटा पालिकाहरूमध्ये बर्दघाट नगरपालिकाले जिल्लामै पहिलो पटक सामुदायिक विद्यालयमा

सरकारको तयारीः घण्टा–घण्टामा वर्षाको सूचना, सुरक्षाकर्मी ‘हाई अलर्ट’
नवलपुर, असोज ७ । सम्भावित भारी वर्षा र त्यसबाट निम्तिनसक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर

रसुवा बाढीका पीडित पहिचानका लागि चीनद्वारा नास्टलाई डीएनए परीक्षण प्रविधि हस्तान्तरण
नवलपुर, असोज ७ । चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण, सामग्री तथा प्रविधि








प्रतिकृया दिनुहोस