-->

सिद्धबाबा सुरुङमार्गमा आउँदो मङ्सिरभित्रै गाडी गुडाउने तयारी

Nawalpurfm

नवलपुर, असोज ७ । निर्माणाधीन सिद्धबाबा सुरुङमार्गमा आउँदो मङ्सिरदेखि नै गाडी गुडाउने गरी आवश्यक तयारी अघि बढेको छ ।

सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले सुरुङमार्गको मुख्य संरचनासहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्‍याउने  गरी कामलाई अगाडि बढाएको हो ।

सुरुङभित्रको सडक निर्माण र अन्य सिभिल संरचनाको काम सम्पन्न भएकाले अब मङ्सिरभित्रै सञ्चालनको तयारी गरिएको आयोजना प्रमुख नवराज बाँस्तोलाले बताउनुभयो । बर्खा र भोटेकोशी बाढीका कारण निर्माण सामग्री आउन ढिलाइ भएकाले अन्तिम तयारीको काम एक महिनापछि धकेलिएको छ ।

अब एक/दुई दिनमै निर्माण सामग्री आएपछि टनेल भित्रको काम अगाडि बढ्ने र मङ्सिर १५ गतेभित्र गाडी सञ्चालन हुनेछ । बाँस्तोलाका अनुसार अहिले सुरुङभित्र सडकको पिच सकेर रङरोगन चलिरहेको छ । टेक्निकल भवनको फिनिसिङ पनि भइरहेको छ । लाइनिङ अर्थात् भुइँ भित्ता ढलानसहित सिभिल संरचनाको काम यसअघि नै सम्पन्न भएको छ । इलेक्ट्रोमेकानिकलसम्बन्धी काम बाँकी रहेको छ ।

सुरुङमार्गको अहिलेसम्म भौतिक प्रगति ६९ दशमलव ७० प्रतिशत र वित्तीय प्रगति ६३ दशमलव ५५ प्रतिशत रहेको योजना कार्यालयका सूचना अधिकारी एवम् इन्जिनियर सौम्य आनन्दले बताउनुभयो । सुरुङको बाहिरी भागलाई पहिरोबाट जोगाउन रकसेड, रकफल व्यारियर र स्लोप प्रोटेक्सनका काम गरिनेछ ।

एक हजार १२६ मिटर लामो सुरुङमार्ग २०७८ फागुनमा ठेक्का सम्झौता भई २०७९ सालदेखि निर्माण शुरु भएको हो । आयोजनाको निर्माण चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ । कम्पनीले सात अर्ब ३४ करोड २१ लाख ४० हजारमा ठेक्का लिएको हो । सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभान क्षेत्रमा अत्यधिक पहिरो झर्ने गर्छ ।

लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठानसहित गण्डकी प्रदेशको स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दीका नागरिक सुरुङ बनेपछि प्रत्यक्ष लाभान्वित हुनेछन् ।  

प्रतिकृया दिनुहोस
Nawalpurfm

सामुदायिक विद्यालयमा आवासीय सुविधास : अनाथ र विकट क्षेत्रका विद्यार्थीले निस्शुल्क पठनपाठन

पुरुषोत्तम सुवेदी । नवलपुर, असोज ७ । पश्चिम नवलपरासी जिल्लाका ७ वटा पालिकाहरूमध्ये बर्दघाट नगरपालिकाले जिल्लामै पहिलो पटक सामुदायिक विद्यालयमा

Nawalpurfm

सरकारको तयारीः घण्टा–घण्टामा वर्षाको सूचना, सुरक्षाकर्मी ‘हाई अलर्ट’

नवलपुर, असोज ७ । सम्भावित भारी वर्षा र त्यसबाट निम्तिनसक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर

Nawalpurfm

रसुवा बाढीका पीडित पहिचानका लागि चीनद्वारा नास्टलाई डीएनए परीक्षण प्रविधि हस्तान्तरण

नवलपुर, असोज ७ । चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण, सामग्री तथा प्रविधि