कोशी, बागमती र गण्डकीमा आजदेखि नै पानी पर्ने क्रम शुरु
नवलपुर, असोज ७ । कोशी, बागमती र गण्डकीमा आजदेखि नै पानी पर्नेक्रम शुरु भएको छ ।
देशका पूर्वी र मध्य क्षेत्रमा वर्षाको गतिविधि शुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् डेभिड ढकालका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित चितवन, रसुवा, मकवानपुर, गोरखा, सिन्धुपाल्चोकलगायतका जिल्लामा हल्का वर्षा भैरहेको छ ।
मनसुनी वायुको प्रभाव कायमै रहेको तथा बङ्गालको खाडीमा विकसित प्रणालीको प्रभाव पनि देखिन थालेकाले वर्षाको गतिविधि थप बढ्न सक्ने उहाँको भनाइ छ । तर अहिले वर्षा भैरहेका क्षेत्रमा लगातार पानी पर्ने छैन । भोलि बेलुकासम्म पानी पर्ने र रोकिने क्रम हुनेछ । त्यसपछि गतिविधि बिस्तारै बढ्दै जाने र पर्सि शुक्रबारदेखि आइतबार ११ गतेसम्म देशका धेरै ठाउँमा मुसलधारे तथा आरीघोप्टे वर्षा हुनेछ ।
उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र अहिले बङ्गालको खाडीको मध्य भाग आसपास रहेको छ । यो प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र बनेपछि पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिन्छ ।
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिनमार्फत् देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ ।
विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलोदेखि एकरदुई ठाउँमा धेरै ठूलोसम्म वर्षा हुनेछ । त्यस्तै मधेश, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित धेरै ठूलो पानी पर्न सक्छ । हिमाली क्षेत्रमा ठूलो हिमपात हुनसक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
मौसमविद् विनोद पोखरेलकाअनुसार पूर्वका कोशी र बागमतीमा आज बेलुकादेखि १० गते शनिबारसम्म, मधेश प्रदेशमा भोलि बिहीबार र शुक्रबार, गण्डकी र लुम्बिनीमा पनि पर्सिदेखि ११ गतेसम्म अनि कर्णाली र सुदूरपश्चिममा शुक्रबारदेखि ११ गते आइतबारसम्म पानी पर्ने देखिन्छ ।
बाढीरपहिरोका सम्भावित जोखिमयुक्त बस्तीमा पूर्वसूचनालाई सक्रिय पार्ने, सम्भावित डुबान क्षेत्र पहिचान गर्ने, उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्ने र नागरिकलाई समयमै सूचना तथा सतर्कता प्रदान गर्ने काम पालिकाले तत्काल थाल्नुपर्ने विज्ञले बताएका छन् । सकेसम्म रातको समयमा यात्रा नगर्न, धानबालीमा पानीको निकास व्यवस्था गर्न पनि आग्रह छ ।

सामुदायिक विद्यालयमा आवासीय सुविधास : अनाथ र विकट क्षेत्रका विद्यार्थीले निस्शुल्क पठनपाठन
पुरुषोत्तम सुवेदी । नवलपुर, असोज ७ । पश्चिम नवलपरासी जिल्लाका ७ वटा पालिकाहरूमध्ये बर्दघाट नगरपालिकाले जिल्लामै पहिलो पटक सामुदायिक विद्यालयमा

सरकारको तयारीः घण्टा–घण्टामा वर्षाको सूचना, सुरक्षाकर्मी ‘हाई अलर्ट’
नवलपुर, असोज ७ । सम्भावित भारी वर्षा र त्यसबाट निम्तिनसक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर

रसुवा बाढीका पीडित पहिचानका लागि चीनद्वारा नास्टलाई डीएनए परीक्षण प्रविधि हस्तान्तरण
नवलपुर, असोज ७ । चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण, सामग्री तथा प्रविधि








प्रतिकृया दिनुहोस