फिनल्यान्ड र नर्वेले अघि सारेको एआई नियन्त्रण आह्वानको गुटेरेसद्वारा स्वागत
नवलपुर, असोज ७ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीव्र गतिमा विकसित भइरहेको ‘फ्रन्टियर एआई’ मोडेललाई अन्तर्राष्ट्रियमापदण्ड र निगरानीअन्तर्गत राख्न फिनल्यान्ड र नर्वेले अघि सारेको पहलको स्वागत गर्नुभएको छ ।
उहाँले एआईको सुरक्षित विकास र प्रयोगका लागि अन्तर्राष्ट्रियसहयोग बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
फिनल्यान्डका राष्ट्रपति अलेक्जान्डर स्टब र नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरेको नेतृत्वमा शुरु गरिएको पहलले संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रलाई विद्यमान अन्तर्राष्ट्रियसंयन्त्रलाई सुदृढ गर्दै एआईका लागि मापदण्ड निर्धारण, प्रमाणीकरण तथा क्षमताको सीमा नाघेमा राष्ट्रहरूलाई एकै ठाउँमा ल्याउन सक्ने अन्तर्राष्ट्रियसंस्था निर्माणको सम्भावना खोज्न आग्रह गरेको छ ।
महासचिव गुटेरेसले सामाजिक सञ्जाल एक्समार्फत पहलको स्वागत गर्दै एआईसम्बन्धी संयुक्त राष्ट्रसङ्घको स्वतन्त्र अन्तर्राष्ट्रियवैज्ञानिक प्यानलले पहिलो विषयगत प्रतिवेदन सार्वजनिक गरेकोमा पनि स्वागत गर्नुभएको छ । उहाँले फ्रन्टियर एआई प्रयोगशाला र सुरक्षा संस्थानलगायत बाह्य विशेषज्ञलाई प्यानलसँग सहकार्य गर्न आग्रह गर्नुभएको छ ।
यस पहललाई अस्ट्रेलिया, क्यानाडा, जर्मनी, आयरल्यान्ड, नेदरल्यान्ड्स, सिङ्गापुर, स्पेन, दक्षिण अफ्रिका, टर्कीलगायत देशका नेतासहित युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले समर्थन जनाउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा एआई प्रमुख छलफलको विषय बनेको छ । महासचिव गुटेरेसले एआई, जलवायु सङ्कट र गहिरिँदो असमानतालाई मानवतासामु रहेका तीन अस्तित्वगत खतराका रूपमा उल्लेख गर्नुभएको थियो ।
उहाँले स्वास्थ्य, शिक्षा र जलवायुसहितका क्षेत्रमा एआईको ठूलो सम्भावना रहे पनि यसको विकास मानवको जोखिमसम्बन्धी बुझाइभन्दा तीव्र भइरहेको बताउनुभएको थियो । महासचिव गुटेरेसले महासभामा आफ्नो अन्तिम सम्बोधन गरेसंगै उहाँको महासचिवका रूपमा कार्यकाल समाप्त हुँदैछ ।

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, झण्डै ३ सय उडान रद्द
नवलपुर,असोज ६ । टाइफुन ‘डुजुआन’ जापानतर्फ अघि बढ्दै गर्दा झण्डै ३ सय उडान रद्द गरिएका छन् भने १६ लाखभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सर्न आग्रह

मध्यावधि चुनाव नजिकिँदै गर्दा ट्रम्प प्रशासनद्वारा २५ ‘शीर्ष उपलब्धि’को सूची सार्वजनिक
नवलपुर,असोज ४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनाव नजिकिँदै गर्दा आफ्नो प्रशासनका २५ वटा ‘शीर्ष उपलब्धि’ सार्वजनिक गर्नुभएको छ

स्वीडेनका प्रधानमन्त्री क्रिस्टर्सनद्वारा राजीनामा दिने घोषणा
नवलपुर,असोज २ । स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले राजीनामा दिने घोषणा गर्नुभएको छ । संसदीय निर्वाचनमा वामपन्थी तथा मध्य–वामपन्थी









प्रतिकृया दिनुहोस