मध्यावधि चुनाव नजिकिँदै गर्दा ट्रम्प प्रशासनद्वारा २५ ‘शीर्ष उपलब्धि’को सूची सार्वजनिक
नवलपुर,असोज ४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनाव नजिकिँदै गर्दा आफ्नो प्रशासनका २५ वटा ‘शीर्ष उपलब्धि’ सार्वजनिक गर्नुभएको छ ।
ट्रम्पले आप्रवासन, अर्थतन्त्र, व्यापार, सुरक्षा र विदेश नीतिसहित विभिन्न क्षेत्रमा आफ्नो प्रशासनले महत्वपूर्ण काम गरेको दाबी गर्नुभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
उहाँले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत लामो सूची सार्वजनिक गर्नुभएको हो । ट्रम्पले अमेरिकाले ‘इतिहासकै सबैभन्दा सुरक्षित सीमा’ सम्बन्धी उपलव्धी हासिल गरेको र पछिल्लो १६ महिनामा अमेरिकामा गैरकानुनी आप्रवासी प्रवेश शून्यमा झरेको दाबी गर्नुभएको छ ।
उहाँले शरणार्थी प्रवेशमा पनि ठूलो कटौती गरिएको बताउनुभएको छ । विदेश नीतितर्फ ट्रम्पले इरानको आणविक क्षमता नष्ट गरिएको र इरानले कहिल्यै आणविक हतियार प्राप्त गर्न नसक्ने अवस्था सुनिश्चित गरिएको दाबी गर्नुभएको छ ।
इरानसँगको युद्ध र त्यसले अमेरिकी इन्धन तथा अन्य वस्तुको मूल्यमा पारेको प्रभाव भने मध्यावधि निर्वाचनअघि ट्रम्प प्रशासनका लागि प्रमुख राजनीतिक विषय बनेको छ । ट्रम्पले व्यापारका क्षेत्रमा विदेशी वस्तुमाथि लगाइएको उच्च भन्सार महसुललाई पनि उपलब्धिका रूपमा प्रस्तुत गर्नुभएको छ ।
यसैगरी, अंग्रेजी भाषालाई अमेरिकाको आधिकारिक भाषा बनाइएको, कर तथा ऊर्जा नीतिमा परिवर्तन गरिएको र अपराध नियन्त्रणमा प्रगति भएको दाबी पनि ट्रम्पको सूचीमा समावेश छ । अमेरिकामा आउँदो नोभेम्बरमा मध्यावधि चुनाव हुँदैछ ।

फिनल्यान्ड र नर्वेले अघि सारेको एआई नियन्त्रण आह्वानको गुटेरेसद्वारा स्वागत
नवलपुर, असोज ७ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीव्र गतिमा विकसित भइरहेको ‘फ्रन्टियर एआई’ मोडेललाई अन्तर्राष्ट्रियमापदण्ड

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, झण्डै ३ सय उडान रद्द
नवलपुर,असोज ६ । टाइफुन ‘डुजुआन’ जापानतर्फ अघि बढ्दै गर्दा झण्डै ३ सय उडान रद्द गरिएका छन् भने १६ लाखभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सर्न आग्रह

स्वीडेनका प्रधानमन्त्री क्रिस्टर्सनद्वारा राजीनामा दिने घोषणा
नवलपुर,असोज २ । स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले राजीनामा दिने घोषणा गर्नुभएको छ । संसदीय निर्वाचनमा वामपन्थी तथा मध्य–वामपन्थी









प्रतिकृया दिनुहोस