नवलपुरको डण्डामा बस–ट्रक ठोक्किदा ३२ जना घाइते
नवलपुर,भदौ १४ । नवलपुरको कावासोती नगरपालिका–१६ डण्डामा यात्रुवाहक बस र ट्रक ठोक्किँदा ३२ जना यात्रु घाइते भएका छन्।
आइतबार बिहान करिब १२ः४० बजे पूर्व–पश्चिम राजमार्गमा खाना खानका लागि रोकिराखिएको ना.८ ख ६१४५ नम्बरको ट्रकमा काठमाडौंँबाट बर्दियातर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०३८६ नम्बरको बस ठोक्किएको हो।
प्रहरीका अनुसार बसले ओभरटेक गर्ने क्रममा सडक किनारमा रोकिएको ट्रकमा ठक्कर दिएको थियो। दुर्घटनाको समयमा बसमा ३८ जना सवार रहेकामा ३२ जना घाइते भएका हुन्। घाइतेमध्ये २७ पुरुष र पाँच महिला रहेका छन्।
घाइतेहरूको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ। अधिकांश घाइतेको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने केहीको अवस्था मध्यम रहेको बताइएको छ।
मध्यम अवस्थाका घाइतेलाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

नवलपुरमा २१६ जनाको शव भेटिदा १५ जनाको सनाखत
नवलपुर,भदौ १५ । भोटेकोशी बाढीले बगाएर ल्याएकामध्ये नवलपुरस्थित नारायणी नदी किनारमा दुई सय सात जनाको शव फेला परेको छ । जसमध्ये १५ जनाको मात्र पहिचान

रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाले ३५ लाख सहयोग गर्ने
नवलपुर,भदौ १५ । रसुवामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन नवलपुरको गैंडाकोट नगरपालिकाले ३५ लाख रुपैयाँ

रसुवामा आएको विनाशकारी बाढीपछि नवलपुरमा १९४ शव फेला, २० शवको व्यवस्थापन
नवलपुर, भदौ १४ । रसुवामा आएको विनाशकारी बाढीपछि बगाएर ल्याएका शव नवलपुरको नारायणी नदी र आसपासका क्षेत्रबाट फेला पर्ने क्रम अझै जारी रहेको छ। पछिल्लो






प्रतिकृया दिनुहोस