-->

मध्यविन्दु नगरपालिकाद्वारा विपद् प्रभावितका लागि १५ लाख सहयोग

Nawalpurfm

नवलपुर,भाद्र ११।रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति मध्यविन्दु नगरपालिकाले दुःख व्यक्त गर्दै विपद् प्रभावित नागरिकका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

मध्यविन्दु नगरपालिकाको २०८३/५/११ गते निर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिने भएको हो। नगरपालिकाका अनुसार नगरपालिकाको तर्फबाट ५ लाख रुपैयाँ, जनप्रतिनिधिको तर्फबाट ४ लाख रुपैयाँ र कर्मचारीको तर्फबाट ६ लाख रुपैयाँ गरी कुल १५ लाख रुपैयाँ सहयोग उपलब्ध गराइनेछ।

नगरपालिकाले प्राकृतिक विपद्का कारण ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, विपद्का कारण प्रभावित तथा घाइते नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारप्रति सहानुभूति व्यक्त गरेको छ।

विपद्को यस दुःखद् घडीमा नेपाल सरकारद्वारा सञ्चालन भइरहेको उद्धार, राहत तथा पुनर्स्थापना अभियानप्रति ऐक्यबद्धता जनाउँदै मध्यविन्दु नगरपालिकाले प्रभावित नागरिकको पीडामा साथ दिन आफ्नो तर्फबाट सहयोग गर्ने जनाएको छ।

नगरपालिकाले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग, सहकार्य र सद्भाव प्रदर्शन गर्न सम्पूर्ण मध्यविन्दुवासीमा समेत अपिल गरेको छ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

नवलपुरमा २१६ जनाको शव भेटिदा १५ जनाको सनाखत

नवलपुर,भदौ १५ । भोटेकोशी बाढीले बगाएर ल्याएकामध्ये नवलपुरस्थित नारायणी नदी किनारमा दुई सय सात जनाको शव फेला परेको छ । जसमध्ये १५ जनाको मात्र पहिचान

Nawalpurfm

रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाले ३५ लाख सहयोग गर्ने

नवलपुर,भदौ १५ । रसुवामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन नवलपुरको गैंडाकोट नगरपालिकाले ३५ लाख रुपैयाँ

Nawalpurfm

रसुवामा आएको विनाशकारी बाढीपछि नवलपुरमा  १९४ शव फेला, २० शवको व्यवस्थापन

नवलपुर, भदौ १४ । रसुवामा आएको विनाशकारी बाढीपछि बगाएर ल्याएका शव नवलपुरको नारायणी नदी र आसपासका क्षेत्रबाट फेला पर्ने क्रम अझै जारी रहेको छ। पछिल्लो