-->

भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो

Nawalpurfm

नवलपुर,भदौ ९ । काठमाण्डौको भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो–२०२६ शुरु हुँदैछ ।

१८औँ संस्करणको नाडा अटो शोमा यसपटक अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ–नयाँ प्रविधिबारे जानकारी गराइने आयोजकले जनाएको छ । नाडाले आफ्नो ५०औँ वार्षिकोत्सवको अवसरमा यसपटक नेपालकै अहिलेसम्मकै ठूलो मोबिलिटी प्रदर्शनी हुने जानकारीसमेत दिएको छ ।

२०३२ सालमा स्थापना भएको नाडाले ५० वर्ष पूरा गरी स्वर्ण जयन्ती मनाइरहेको अवसरमा यो प्रदर्शनी आयोजना गरेको हो । प्रदर्शनीमा दुई सयभन्दा धेरै स्टल तथा १५० भन्दा धेरै ब्रान्डहरू रहने आयोजकले जनाएको छ ।

मेलामा २३ वटा चारपाङ्ग्रे ९यात्रुवाहक० ब्रान्ड, १७ वटा साना तथा मझौला व्यावसायिक ब्रान्ड र १३ वटा दुईपाङ्ग्रे ब्रान्डहरूको प्रत्यक्ष सहभागिता रहनेछ ।

यसका साथै पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरणसम्बन्धी झन्डै ७० वटा कम्पनीका साथै १० वटा बैंक, वित्तीय संस्था तथा बिमा कम्पनीहरू सहभागी हुने नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले बताउनुभयो ।

यसअघि गएको साउन अन्तिम हप्ता काठमाण्डौको भृकुटीमण्डपमै नाइमा मोबिलिटी एक्स्पो चलेको थियो ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

नवलपुर,भदौ ९ । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । त्यस्तै मधेस र कोशी प्रदेशको

Nawalpurfm

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न  

नवलपुर,भदौ ८ ।  म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत्

Nawalpurfm

गएराति गण्डकी र बागमतीमा हल्कादेखि मध्यम वर्षा 

नवलपुर,भदौ ८ । गएराति गण्डकी र बागमती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ  । पछिल्लो १२  घण्टामा म्याग्दीको धवलागिरी मुना स्टेशनमा