आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
नवलपुर,भदौ ९ । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।
त्यस्तै मधेस र कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर बादल लागेको छ ।
बागमती र गण्डकी प्रदेशका केही अनि कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मधेस प्रदेशको एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज राति पनि कोशी, बागमती र गण्डकी तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
ठूलो पानी पर्ने सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो
नवलपुर,भदौ ९ । काठमाण्डौको भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो–२०२६ शुरु हुँदैछ । १८औँ संस्करणको नाडा अटो शोमा यसपटक अटोमोबाइल क्षेत्रमा भित्रिएका

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न
नवलपुर,भदौ ८ । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत्

गएराति गण्डकी र बागमतीमा हल्कादेखि मध्यम वर्षा
नवलपुर,भदौ ८ । गएराति गण्डकी र बागमती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो १२ घण्टामा म्याग्दीको धवलागिरी मुना स्टेशनमा







प्रतिकृया दिनुहोस