-->

मनसुन सक्रिय भएसँगै गण्डकी प्रदेशमा फैलियो डेंगु 

Nawalpurfm

नवलपुर, साउन ३१ गते ।  वर्खायामसँगै गण्डकी प्रदेशमा डेंगुको सङ्क्रमण बढ्न थालेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु  सङ्क्रमणबाट बच्न साउनदेखि कात्तिकसम्मको अवधिमा निकै सावधानी अपनाउनुपर्ने चिकित्सिक बताउँछन् । यस वर्ष मनसुन भएसँगै डेंगु सङ्क्रमित देखिन थालेका छन् । 

हालसम्म गण्डकी प्रदेशका नौ जिल्लामा ८३९ जनामा सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक रोग नियन्त्रण केन्द्रका अनुसार सबैभन्दा बढी बागलुङमा ३६६, कास्कीमा २२२, गोरखामा ९९, तनहुँमा ६४, म्याग्दीमा ३३, पर्वतमा २१, लमजुङमा १७, स्याङ्जामा १३ र नवलपुरमा चार जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । मुस्ताङ र मनाङमा भने हालसम्म डेंगु  सङ्क्रमित भेटिएको छैन । 

नेपालमा सन् २००४ मा पहिलो पटक डेंगु  पुष्टि भएको थियो । सन् २०१९ मा डेंगुका सबैभन्दा धेरै केस पुष्टि भएपछि यसलाई प्रकोपका रूपमा लिइएको थियो । उक्त वर्ष गण्डकी प्रदेशमा पनि डेंगुको प्रकोप उच्च रहेको थियो । डेंगु  फैलिँदा यहाँ व्यापक रूपमा ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान चलाइएको थियो । 

स्वास्थ्य मन्त्रालयका स्वास्थ्य प्रशासक डा. रमेशकुमार केसीका अनुसार त्यसबेला कास्कीमा बढी सङ्ख्यामा डेंगुका बिरामी फेला परेका थिए । लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रण गर्न लामखुट्टे मार्ने अभियान नै चलाइएको थियो । उहाँले त्यसबेला घर घरमा पुगेर नियन्त्रण गरिएको बताउनुभयो । बर्खाको सिजन अझै बाँकी भएकाले हेलचेक्रयाइँ गर्न नहुने उहाँको भनाइ छ । 

तीन वर्षअघि पोखरा क्षेत्रमा डेंगु  फैलँदा नियन्त्रणका लागि घर घरमा पुगेर सङ्कलित पानी फ्याँक्ने, नाला सफा गर्ने, गमला फुटाउने, टायर खाली गर्नेलगायतका काम गर्दा अहिले नियन्त्रणमा सहज भएको उहाँले सुनाउनुभयो । 

डेंगुको सुरुवाती लक्षण ज्वरो भएकाले चिकित्सकको सल्लाहबमोजिम मात्र औषधी खान उहाँले आग्रह गर्नुभयो । उहाँका अनुसार डेंगु  लागेपछि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ । त्यस्तै आँखाको गेडीवरिपरि दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अङ्गबाट रगत बग्ने सम्भावना रहेको हुन्छ । 

उहाँले सुझाव दिँदै भन्नुभयो, “यसलाई सामान्य रूपमा लिनु हुँदैन । ज्वरो आयो भन्दैमा तत्काल कुनै औषधी खाइहाल्नु हुँदैन । डाक्टरको सल्लाह लिएर औषधी खाने बानी बसालौँ ।” डेङ्गु परीक्षणका लागि प्रदेशभरका जिल्लामा कीट उपलब्ध भइसकेको उहाँले बताउनुभयो । 

लामखुट्टेको टोकाइबाट सर्ने डेंगु  एक प्रकारको भाइरस भएकाले फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा लामखुट्टेले फुल पार्ने र त्यो फुल एक वर्षसम्म पनि रहन सक्ने भएकाले सधैँभरि सचेत रहन उहाँले आग्रह गर्नुभयो । 

चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु सर्छ । यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ । यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ । लामखुट्टे फैलनाका लागि ह्युमिडिटी (सापेक्षित आद्रता) ६० प्रतिशत आवश्यक पर्छ । ६० प्रतिशत ह्युमिडिटी भनेको वायुमण्डलमा हुने पानीको मात्रा बुझिन्छ । ६० प्रतिशत ह्युमिडिटीले यो लामखुट्टे फैलाउन सघाउने चिकित्सकले बताउने गरेका छन् ।   

प्रतिकृया दिनुहोस
Nawalpurfm

म्याग्दीको घारखोला जलविद्युत् आयोजनामा पहिरोले क्षति, पुरिएका कामदारको खोजी चल्दै

नवलपुर,साउन २६ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृहमा आज बिहानको पहिरोले क्षति गरेको छ

Nawalpurfm

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा आज पनि रातमा गाडी चलाउन रोक

नवलपुर,साउन १८ । म्याग्दीको सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक र बेनी–दरबाङ सडकमा प्रशासनले आज पनि रातको समयमा गाडी चलाउन रोक लगाएको छ

Nawalpurfm

पोखरामा एक अमेरिकी पर्यटकको मृत्यु

नवलपुर, साउन ११ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, सेदीमा सोमबार बेहोस बन्नुभएका एक अमेरिकी पर्यटकको मृत्यु भएको  छ । ४८ वर्षीय मेथ्यु