बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा आज पनि रातमा गाडी चलाउन रोक
नवलपुर,साउन १८ । म्याग्दीको सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक र बेनी–दरबाङ सडकमा प्रशासनले आज पनि रातको समयमा गाडी चलाउन रोक लगाएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले हिजो आइतवार र आज सोमवारका लागि यो सडकमा रातमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको थियो । त्यसअनुसार आज बेलुका ७ देखि भोलि मंगलवार बिहान ५ बजेसम्म गाडी चलाउन नपाइने प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताउनुभयो ।
यसअघि हिजो बेलुकादेखि आज बिहान ५ बजेसम्म पनि यो सडकमा प्रशासनले गाडी चलाउन रोकेको थियो । बेनी–जोमसोम सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ ।

पोखरामा एक अमेरिकी पर्यटकको मृत्यु
नवलपुर, साउन ११ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, सेदीमा सोमबार बेहोस बन्नुभएका एक अमेरिकी पर्यटकको मृत्यु भएको छ । ४८ वर्षीय मेथ्यु

सेती–मादीपुल निर्माण अन्तिम चरणमा
नवलपुर, असार २५ । तनहुँको व्यास नगरपालिका–३ देउराली नगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने सेती–मादी नदीमाथि निर्माणाधीन मोटरेबल पुलको निर्माण

तनहुँमा कारको ठक्करबाट दुई जना बालबालिकाको ज्यान गयो
नवलपुर,असार १३ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई जना बालबालिकाको ज्यान गएको छ । भारतमा







प्रतिकृया दिनुहोस