-->

पोखरामा एक अमेरिकी पर्यटकको मृत्यु

Nawalpurfm

नवलपुर, साउन ११ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, सेदीमा सोमबार बेहोस बन्नुभएका एक अमेरिकी पर्यटकको मृत्यु भएको  छ । ४८ वर्षीय मेथ्यु एलेक्स जोन्सको मेट्रो सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

सोमबार बिहान ११ बजेतिर हिड्दा हिड्दै बेहोस भनी लड्नुभएका जोन्सलाई स्थानीय ईन्द्र थापाले उद्धार गरी अस्पताल पठाउनुभएको थियो । साढे ११ बजेतिर उपचारका लागि अस्पताल ल्याईएकोमा साढे १२ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । 

जोन्स गएको एक महिनादेखि सेदीका एक स्थानीयको घरमा बस्दै आउनुभएको थियो । जोन्सको शव पश्चिम क्षेत्रीय अस्पतालमा राखिएको छ । प्रहरी प्रवक्ता पासवान भन्नुहुन्छ, “अब हामी दुतावासमार्फत् उहाँका आफन्तलाई सम्पर्क गर्छौं, उहाँहरुसँग सम्पर्कपछि पोस्टमार्टम होला, बल्ल मृत्युका कारण खुल्छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा आज पनि रातमा गाडी चलाउन रोक

नवलपुर,साउन १८ । म्याग्दीको सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक र बेनी–दरबाङ सडकमा प्रशासनले आज पनि रातको समयमा गाडी चलाउन रोक लगाएको छ

Nawalpurfm

सेती–मादीपुल निर्माण अन्तिम चरणमा

नवलपुर, असार २५ । तनहुँको व्यास नगरपालिका–३ देउराली नगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने सेती–मादी नदीमाथि निर्माणाधीन मोटरेबल पुलको निर्माण

Nawalpurfm

तनहुँमा कारको ठक्करबाट दुई जना बालबालिकाको ज्यान गयो

नवलपुर,असार १३ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई जना बालबालिकाको ज्यान गएको छ ।  भारतमा