टेस्ट क्रिकेटमा ३०० विकेट लिने नवौँ अस्ट्रेलियन बने हेजलउड
नवलपुर, साउन ३० । जोश हेजलउड टेस्ट क्रिकेटमा ३०० विकेट लिने अस्ट्रेलियाका नवौँ बलर बनेका छन् । घरेलु मैदान डार्विनमा बङ्गलादेशसँगको पहिलो टेस्टमा ६ विकेट लिएसँगै ३५ वर्षीय बलरले यो उपलब्धि हासिल गरेका हुन् ।
हेजलउड आफ्ना सहकर्मीहरू नाथन लियोन, प्याट कमिन्स र मिचेल स्टार्कसँगै ‘टेस्ट–३०० क्लब’ मा सामेल भएका छन् । यी ४ जना खेलाडी ३०० विकेट लिइसकेपछि सँगै खेल्ने इतिहासकै एकमात्र टोलीका सदस्य हुन् ।
टेस्ट क्रिकेटमा ३०० विकेट लिने ९ जना अस्ट्रेलियाली बलरमध्ये ग्लेन म्याकग्रा ९२१।६४०, कमिन्स ९२२।२१० र डेनिस लिली ९२३।९२० ले मात्र हेजलउडको २४।०२ को भन्दा राम्रो औसतमा यो उपलब्धि हासिल गरेका छन् ।
हेजलवुडले चोटका कारण अस्ट्रेलियाका पछिल्ला १४ टेस्टमध्ये केवल ६ वटामा मात्र खेलेका छन् र १ वर्षपछि टेस्ट क्रिकेटमा फर्किएका हुन् ।
यसैबीच डार्विनमा चलिरहेको टेस्टमा तेस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाले दोस्रो पारीमा ४ विकेट गुमाएर १६१ रन बनाएको छ । अस्ट्रेलिया अझै ६७ रनले पछि छ । पहिलो पारीमा बङ्गलादेशले ४२६ र अस्ट्रेलियाले १९८ रन बनाएको थियो ।

एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
नवलपुर, साउन २९ । मलेसियामा हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।नेपाल क्रिकेट सङ्घ क्यानले आज एक

श्रीलंकन क्रिकेटर डिकवेलाले लुम्बिनीबाटै आउँदो सिजनको एनपीएल खेल्ने
नवलपुर,साउन २९ । नेपाल प्रिमियर लिग (एनपीएल)को साबिक विजेता लुम्बिनी लायन्सले श्रीलंकन क्रिकेटर निरोशन डिकवेलालाई तेस्रो सिजनमा पनि निरन्तरता दिएको

एभरेस्ट महिला भलिबल लिगमा सुदूरपश्चिमको टोली थपियो
नवलपुर,साउन २९ । एभरेस्ट महिला भलिबल लिग तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोली सुदूरपश्चिम थपिएको छ । यो सँगै लिगमा टोलीको संख्या ७ पुगेको छ । पहिलो






प्रतिकृया दिनुहोस