-->

श्रीलंकन क्रिकेटर डिकवेलाले लुम्बिनीबाटै आउँदो सिजनको एनपीएल खेल्ने

Nawalpurfm

नवलपुर,साउन २९ । नेपाल प्रिमियर लिग (एनपीएल)को साबिक विजेता लुम्बिनी लायन्सले श्रीलंकन क्रिकेटर निरोशन डिकवेलालाई तेस्रो सिजनमा पनि निरन्तरता दिएको छ ।

लुम्बिनीले फेसबुकमार्फत यसबारे जानकारी दिएको छ । गएको सिजनका ब्याटर तथा विकेटकिपर डिकवेलाले लुम्बिनीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

समूह चरणको चार खेल खेलिसकेपछि डिकवेला लुम्बिनीसँग जोडिएका थिए । उनी आउँदा लुम्बिनी ३ खेल हारेर संकटमा थियो । डिकवेलाले ६ खेलमा १२२ माथिको स्ट्राइक रेटमा १३७ रन बनाएका थिए ।

लुम्बिनीबाट डिकवेला भन्दा बढी रन बनाउनेमा रोहित पौडेलले २७६ र डार्सी शर्ट २५६ रन बनाएका थिए । निरोशन डिकवेलालाई पुन लुम्बिनी लायन्समा स्वागत गर्न पाउँदा हर्षित भएको टोलिको भनाइ छ ।

डिकवेला अहिले दम्बुला सिक्सर्सबाट श्रीलंकामा लंका प्रिमियर लिग खेलिरहेका छन् । ३३ वर्षे डिकवेलाले श्रीलंकाबाट ५४ टेस्ट, ५५ एकदिवसीय अन्तर्राष्ट्रिय र २८ टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

नवलपुर, साउन २९ । मलेसियामा हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।नेपाल क्रिकेट सङ्घ क्यानले आज एक

Nawalpurfm

एभरेस्ट महिला भलिबल लिगमा सुदूरपश्चिमको टोली थपियो

नवलपुर,साउन २९ । एभरेस्ट महिला भलिबल लिग तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोली सुदूरपश्चिम थपिएको छ । यो सँगै लिगमा टोलीको संख्या ७ पुगेको छ । पहिलो

Nawalpurfm

पिताको निधनपछि भावुक मेस्सी, फुटबलबाट सन्यासको संकेत

नवलपुर,साउन २८ । अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनल मेस्सीले पिता जर्ज मेस्सीको निधनपछि भावुक बन्दै फुटबलबाट सन्यास लिने संकेत गरेका छन्