एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
नवलपुर, साउन २९ । मलेसियामा हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।नेपाल क्रिकेट सङ्घ क्यानले आज एक कार्यक्रम गरी कप्तान सन्दीप लामिछानेसहित १४ सदस्यीय टोलीलाई बिदाइ गरेको हो । नेपाली टोली प्रतियोगिताअघि भारतमा १० दिन प्रशिक्षण र तयारी गरेर मलेसिया जानेछ । टोलीमा सन्दीपसँगै आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी छन् ।
आउँदो भदौ १४ गतेदेखि शुरु हुने प्रतियोगितामा १० टोली सहभागी हुँदैछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित साउदी अरब, बहराइन, मलेसिया र हङकङ तथा समूह ‘बी’ मा युएई, ओमान, कुवेत, कतार र सिङ्गापुर रहेका छन् ।
तालिकाअनुसार नेपालले समूह चरणको पहिलो खेल भदौ १४ गते बहराइनसँग खेल्नेछ । समूह चरणबाट शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल भदौ २७ गते हुनेछ ।

श्रीलंकन क्रिकेटर डिकवेलाले लुम्बिनीबाटै आउँदो सिजनको एनपीएल खेल्ने
नवलपुर,साउन २९ । नेपाल प्रिमियर लिग (एनपीएल)को साबिक विजेता लुम्बिनी लायन्सले श्रीलंकन क्रिकेटर निरोशन डिकवेलालाई तेस्रो सिजनमा पनि निरन्तरता दिएको

एभरेस्ट महिला भलिबल लिगमा सुदूरपश्चिमको टोली थपियो
नवलपुर,साउन २९ । एभरेस्ट महिला भलिबल लिग तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोली सुदूरपश्चिम थपिएको छ । यो सँगै लिगमा टोलीको संख्या ७ पुगेको छ । पहिलो

पिताको निधनपछि भावुक मेस्सी, फुटबलबाट सन्यासको संकेत
नवलपुर,साउन २८ । अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनल मेस्सीले पिता जर्ज मेस्सीको निधनपछि भावुक बन्दै फुटबलबाट सन्यास लिने संकेत गरेका छन्





प्रतिकृया दिनुहोस