-->

अमेरिकालाई हराउँदै भलिबल नेसन्स लिगको उपाधि पोल्यान्डले जित्यो

Nawalpurfm

नवलपुर,साउन १८ । साविक विजेता पोल्यान्डले भलिबल नेसन्स लिग (भिएनएल) २०२६ को उपाधि जितेको छ । चीनको निङ्गबोमा भएको फाइनलमा अमेरिकालाई ३–२ ले हराउँदै पोल्यान्डले उपाधि जितेको हो ।

पोल्यान्ड २–१ ले पछि परेको अवस्थामा अन्तिम दुई सेट लगातार आफ्नो पक्षमा पार्दै च्याम्पियन बनेको हो । पोल्यान्डले सन् २०२३ मा घरेलु मैदानमै भएको पाँचौ संस्करणको भिएनएलमा अमेरिकालाई फाइनलमा हराएर पहिलो पटक उपाधि जितेको थियो ।

 साथै गएको वर्ष चीनमै भएको सातौं संस्करणमा इटालीलाई हराएर दोस्रो पटक च्याम्पियन बनेको थियो । सन् २०१९ देखि शुरु भएको भिएनएलमा पोल्यान्डले तेस्रो पटक उपाधि जित्न सफल भएको छ ।

अमेरिकाले अहिलेसम्म चार पटक फाइनल खेले पनि उपाधि जित्न सकेको छैन ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

साफ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक : प्रतिबन्धका कारण नेपाललाई समावेश गरिएन

नवलपुर,साउन १७ । साफ च्याम्पियनसिप सन् २०२६ को ‘ड्र’ हिजो सार्वजनिक भएको छ । त्यसमा नेपाल समावेश छैन । नेपाल अहिले अन्तर्राष्ट्रिय फुटबल महासंघ

Nawalpurfm

नेदरल्याण्ड्समा निराशाजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

नवलपुर,साउन १६ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्समा भएको त्रिदेशीय एकदिवसीय श्रृंखलामा निराशाजनक प्रदर्शन गरेको नेपाली

Nawalpurfm

नेपालका दुई स्केटिङ खेलाडीले एशियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने

नवलपुर,साउन १५ । नेपालका दुई जना स्केटिङ खेलाडीले आउँदो २०औं एसियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने भएको छ । अबको डेढ महिनापछि जापानमा हुने २०औं