नेपालका दुई स्केटिङ खेलाडीले एशियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने
नवलपुर,साउन १५ । नेपालका दुई जना स्केटिङ खेलाडीले आउँदो २०औं एसियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने भएको छ ।
अबको डेढ महिनापछि जापानमा हुने २०औं एसियन गेम्समा नेपालको २२ वटा खेल विधाका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । तीमध्ये एक रहेको नेपाली स्केटिङ खेलाडीले थाइल्याण्डको बैंककमा तयारी गर्ने भएका हुन् । दुई जना पुरुष खेलाडी गजेन्द्र बर्देवा र शरदकुमार राईले एक महिनासम्म बैंककमा प्रशिक्षण गर्नेछन् ।
उनीहरूले थाइल्याण्डको राष्ट्रिय टोलीसँग नै अभ्यास गर्ने नेपाल स्केटिङ एन्ड स्केट बोर्डिङ संघका महासचिव सत्य थापाले जानकारी दिनुभयो । त्यसका लागि उनीहरू आज बैंकक प्रस्थान गर्नेछन् । त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का भएको कार्यक्रमका बीच उनीहरूलाई बिदाई गरिएको छ ।
एसियाडमा दुवै खेलाडीले स्ट्रिट विधामा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । उनीहरूसँगै प्रशिक्षकमा विजय तामाङ पनि जानेछन् । बैंककको हुआ मक स्केट पार्कमा उनीहरुले प्रशिक्षण गर्ने तालिका रहेको छ ।

अमेरिकालाई हराउँदै भलिबल नेसन्स लिगको उपाधि पोल्यान्डले जित्यो
नवलपुर,साउन १८ । साविक विजेता पोल्यान्डले भलिबल नेसन्स लिग (भिएनएल) २०२६ को उपाधि जितेको छ । चीनको निङ्गबोमा भएको फाइनलमा अमेरिकालाई ३–२ ले हराउँदै

साफ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक : प्रतिबन्धका कारण नेपाललाई समावेश गरिएन
नवलपुर,साउन १७ । साफ च्याम्पियनसिप सन् २०२६ को ‘ड्र’ हिजो सार्वजनिक भएको छ । त्यसमा नेपाल समावेश छैन । नेपाल अहिले अन्तर्राष्ट्रिय फुटबल महासंघ

नेदरल्याण्ड्समा निराशाजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो
नवलपुर,साउन १६ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्समा भएको त्रिदेशीय एकदिवसीय श्रृंखलामा निराशाजनक प्रदर्शन गरेको नेपाली







प्रतिकृया दिनुहोस