-->

साफ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक : प्रतिबन्धका कारण नेपाललाई समावेश गरिएन

Nawalpurfm

नवलपुर,साउन १७ । साफ च्याम्पियनसिप सन् २०२६ को ‘ड्र’ हिजो सार्वजनिक भएको छ । त्यसमा नेपाल समावेश छैन ।

नेपाल अहिले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको प्रतिबन्धबाट गुज्रिरहेको छ । तर प्रतियोगिता शुरु हुनु अगाडिसम्म दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई भने कुर्नेछ । भुटानको थिम्पुमा आयोजित कार्यक्रममा सार्वजनिक ‘ड्र’ अनुसार समूह ‘ए’ मा आयोजक बङ्गलादेशसहित श्रीलंका र भुटान रहेका छन् ।

यदि प्रतियोगिता शुरु हुनु अगाडि प्रतिबन्ध फुकुवा हुन्छ भने नेपाल पनि यही समूह ‘ए’ मा पर्नेछ । समूह ‘बी’ मा भारत, माल्दिभ्स र पाकिस्तान रहेका छन् । प्रतियोगिता आउँदो नोभेम्बर ४ देखि १७ तारिखसम्म बङगलादेशको ढाकामा हुनेछ । समूहका विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

अमेरिकालाई हराउँदै भलिबल नेसन्स लिगको उपाधि पोल्यान्डले जित्यो

नवलपुर,साउन १८ । साविक विजेता पोल्यान्डले भलिबल नेसन्स लिग (भिएनएल) २०२६ को उपाधि जितेको छ । चीनको निङ्गबोमा भएको फाइनलमा अमेरिकालाई ३–२ ले हराउँदै

Nawalpurfm

नेदरल्याण्ड्समा निराशाजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

नवलपुर,साउन १६ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्समा भएको त्रिदेशीय एकदिवसीय श्रृंखलामा निराशाजनक प्रदर्शन गरेको नेपाली

Nawalpurfm

नेपालका दुई स्केटिङ खेलाडीले एशियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने

नवलपुर,साउन १५ । नेपालका दुई जना स्केटिङ खेलाडीले आउँदो २०औं एसियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने भएको छ । अबको डेढ महिनापछि जापानमा हुने २०औं