भारतको असाममा बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ८० जना पुग्यो
नवलपुर,साउन १६ । भारतको असाममा मनसुनी बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ८० जना पुगेको छ । यो संख्या गएको आइतवारयता बाढीमा परी ज्यान गुमाउनेको कुल संख्या रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अत्यधिक मनसुनी वर्षाका कारण एसियाकै ठूलो नदीमध्ये एक ब्रह्मपुत्र नदीको बाँध फुट्दा असाममा हजारौँ मानिस प्रभावित हुन पुगेका हुन् ।
विशेषगरी बाढीले असाम राज्यका ७ जिल्ला प्रभावित भएका छन् । त्यहाँका झण्डै ३ लाख मानिस प्रभावित भएको प्रारम्भिक अनुमान छ ।
चराइदेव जिल्ला बाढीबाट सबैभन्दा धेरै प्रभावित भएको छ, जहाँ एक लाख ३७ हजारभन्दा धेरैको संख्यामा नागरिक प्रभावित भएका छन् । त्यसपछि शिवसागरमा ८४ हजार र जोर्हाटमा ४९ हजार प्रभावित भएका छन् ।
यसैबीच, भारतको मौसम विज्ञान विभागले आज पनि असाम तथा छिमेकी राज्य अरुणाचल र नागाल्यान्डका केही क्षेत्रमा ठूलो पानी पर्न सक्ने पूर्वानुमान गरेको छ ।
दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय गाडीको प्रयोग बढाउने नीति
नवलपुर,साउन १४ । भारतको राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न अर्को वर्ष सन् २०२७ सम्म अधिकांश नयाँ दर्ता हुने गाडीलाई विद्युतीय बनाउने

अत्यधिक गर्मी, सुख्खा मौसम र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डढेलो फैलिंदै
नवलपुर,साउन ११ । युरोपका दुई प्रमुख देश फ्रान्स र स्पेन अहिले दशकयताकै भीषण वन डढेलोसँग जुधिरहेका छन् । एकहप्ता अघिदेखि शुरु भएको डढेलो अत्यधिक गर्मी,

भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रल्हाद जोशीलाई
नवलपुर,साउन १० । भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रल्हाद जोशीले पाउनुभएको छ । यसअघि हिजो धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत







प्रतिकृया दिनुहोस