-->

दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय गाडीको प्रयोग बढाउने नीति

नवलपुर,साउन १४ । भारतको राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न अर्को वर्ष सन् २०२७ सम्म अधिकांश नयाँ दर्ता हुने गाडीलाई विद्युतीय बनाउने महत्त्वाकांक्षी नीति लागू गरिएको छ ।

नयाँ नीतिअनुसार तीनपाङ्ग्रे, साना मालवाहक तथा त्यसपछि दुईपाङ्ग्रे गाडीलाई अनिवार्य रूपमा विद्युतीय बनाइनेछ । विद्युतीय गाडी खरिदमा कर छुट र प्रोत्साहन रकमको व्यवस्था गरिएको छ भने पेट्रोलबाट चल्ने पुराना गाडी हटाउन पनि अनुदान दिइनेछ । अहिले दिल्लीमा दर्ता भएका गाडीमध्ये झण्डै पाँच प्रतिशत मात्र विद्युतीय छन् ।

विज्ञहरूले यो नीति प्रदूषण नियन्त्रणका लागि प्रभावकारी हुने बताए पनि पर्याप्त चार्जिङ पूर्वाधार, भरपर्दो विद्युत् आपूर्ति र उपभोक्ताको विश्वास निर्माण नगरी लक्ष्य हासिल गर्न चुनौती रहने बताएका एपी न्यूजले जनाएको छ । उपभोक्ताहरूले पनि चार्जिङ सुविधा, ब्याट्रीको क्षमता र लामो दूरीको यात्राका विषयमा अझै चिन्ता व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

भारतको असाममा बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ८० जना पुग्यो

नवलपुर,साउन १६ । भारतको असाममा मनसुनी बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ८० जना पुगेको छ । यो संख्या गएको आइतवारयता बाढीमा परी ज्यान गुमाउनेको

Nawalpurfm

अत्यधिक गर्मी, सुख्खा मौसम र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डढेलो फैलिंदै

नवलपुर,साउन ११ । युरोपका दुई प्रमुख देश फ्रान्स र स्पेन अहिले दशकयताकै भीषण वन डढेलोसँग जुधिरहेका छन् । एकहप्ता अघिदेखि शुरु भएको डढेलो अत्यधिक गर्मी,

Nawalpurfm

भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रल्हाद जोशीलाई

नवलपुर,साउन १० । भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रल्हाद जोशीले पाउनुभएको छ । यसअघि हिजो धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत