-->

भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रल्हाद जोशीलाई

Nawalpurfm

नवलपुर,साउन १० । भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रल्हाद जोशीले पाउनुभएको छ । यसअघि हिजो धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत भएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको हो । 

प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्रीको सिफारिसमा स्वीकृत गर्नुभएको हो । राष्ट्रपति भवनद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्रीको सिफारिसमा जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको उल्लेख छ । उहाँले उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रीका साथै नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नुहुनेछ । 

धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै नयाँ दिल्लीको जन्तर–मन्तरमा कक्रोच जनता पार्टी ९सीजेपी० ले आन्दोलन गर्दै आएको थियो । हिजो केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता र प्रधानको राजीनामासँगै सीजेपीले आन्दोलनकारीलाई घर फर्किन अपिल गरेको छ ।

प्रधानले राजीनामा दिएपछि जन्तर मन्तरमा प्रदर्शनकारीले उत्सव समेत मनाएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको कक्रोच जनता पार्टी (सिजेपी) का संस्थापक अभिजित दिप्केले आफूहरूको जित भएको प्रतिक्रिया दिनुभएको छ । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

भारतको असाममा बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ८० जना पुग्यो

नवलपुर,साउन १६ । भारतको असाममा मनसुनी बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ८० जना पुगेको छ । यो संख्या गएको आइतवारयता बाढीमा परी ज्यान गुमाउनेको

दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय गाडीको प्रयोग बढाउने नीति

नवलपुर,साउन १४ । भारतको राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न अर्को वर्ष सन् २०२७ सम्म अधिकांश नयाँ दर्ता हुने गाडीलाई विद्युतीय बनाउने

Nawalpurfm

अत्यधिक गर्मी, सुख्खा मौसम र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डढेलो फैलिंदै

नवलपुर,साउन ११ । युरोपका दुई प्रमुख देश फ्रान्स र स्पेन अहिले दशकयताकै भीषण वन डढेलोसँग जुधिरहेका छन् । एकहप्ता अघिदेखि शुरु भएको डढेलो अत्यधिक गर्मी,