कावासोतीमा रक्तदानको महत्वबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न
विमा गाहा मगर । नवलपुर,कात्तिक ११ । नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोती र कावासोती नगर युवा सञ्जालको संयुक्त आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा नवलपुरको सहकार्यमा आइताबार कावासोती नगरपालिकाको सभाहलमा ‘रक्तदानको महत्वबारे अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको हो।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतीकी सभापति अमृता सिग्देलको अध्यक्षता र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपुरका सभापति डिल्लीराम कडारीयाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
‘रक्तदान महादानः जीवन पुनर्जन्म’ अभियान अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा रगतको अभावमा कसैको ज्यान नजाओस् भन्ने उद्देश्यसहित रक्तदानको विषयमा रहेका भ्रमहरू चिर्दै यसलाई समाजमा सकारात्मक संस्कारका रूपमा विस्तार गर्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतीकी सभापति अमृता सिग्देलले नियमित रूपमा रक्तदान गर्ने र रक्तदानसम्बन्धी असल संस्कार निर्माण गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो।
त्यस्तै प्रमुख अतिथि कडारीयाले जिल्लाभित्रका सम्पूर्ण विद्यालय र कलेजहरूमा यस किसिमका अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी विद्यार्थीहरूलाई रक्तदानप्रति जागरूक बनाउने र स्वयं सहभागी गराउन आग्रह गर्नुभयो। साथै, कार्यक्रमलाई निरन्तरता दिन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा कावासोती नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष डोरमान गीरी, कावासोती नगरपालिका शिक्षा शाखा अधिकृत हेमचन्द्र पोख्रेल, स्रोत शिक्षक तिर्थ कंडेल,नगर युवा सञ्जालका अध्यक्ष पवन भुर्तेल लगायतले मन्तव्य राख्नुभएको थियो।
रक्तदानका सन्दर्भमा “कति वर्षदेखि रक्तदान गर्न सकिन्छ, कुन अवस्थामा गर्न हुँदैन र रक्तदानको महत्व के हो” भन्ने विषयमा डा. भोजराज अधिकारीले सहजीकरण गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतीका सचिव हरि ढुंगानाले गर्नुभएको थियो।

मध्यविन्दु स्काइलाइन एकेडेमीका विद्यार्थीलाई ट्राफिक नियम र सडक सुरक्षाबारे प्रशिक्षण
नवलपुर, असोज ७ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपुरले मध्यविन्दु स्काइलाइन एकेडेमीका विद्यार्थीहरूलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी

विनयी त्रिवेणीमा सिमेन्ट बोकेको ट्रकमा आगलागी
नवलपुर, असोज ६ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२, घ्यूखोलास्थित पूर्व–पश्चिम राजमार्गमा सिमेन्ट बोकेको ट्रकमा आगलागी भएको छ। मंगलबार

नवलपुरमा भारी वर्षा र बाढीको जोखिम, जिल्ला प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह
नवलपुर, असोज ६ । जिल्ला प्रशासन कार्यालय नवलपुरले आगामी केही दिन भारी वर्षा, बाढी, पहिरो तथा नदी कटानको जोखिम बढ्न सक्ने भन्दै जिल्लावासीलाई उच्च






प्रतिकृया दिनुहोस