तत्काल वर्षाको सम्भावना नरहेकाले देशभरको तापक्रम बढ्ने
नवलपुर, जेठ १९ । आज देशभरको मौसम सामान्यतया सफा रहनेछ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव आंशिक रहेकाले र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामन्य बदली भई अन्य स्थानको मौसम सफा रहने जानकारी दिएको छ।
पहाडी भूभागका एकदुई स्थान बाहेकका भूभागमा वर्षाको सम्भावना नरहेकाले देशभरको तापक्रम बढ्ने मौसमविद् गोविन्द झाले जानकारी दिए। उनका अनुसार भैरहवा, सिमरा,चितवन लगायतका स्थानहरूको तापक्रम अझै बढ्ने सम्भावना छ। दुईतीन दिनदेखि ती स्थानको तापक्रम ४० देखि ४१ डिग्रीसम्म मापन गरिएको छ।
पश्चिमी र स्थानीय वायु कमजोर भएकोले तत्काल पानी पर्ने सम्भावना छैन त्यसैले गर्मी बढ्ने क्रम अझै केही दिन जारी रहन्छ,उनले भने । उपत्यकामा पनि तुलनात्मक रूपमा तापक्रम केही बढ्ने मौसमविद् अधिकारीले जानकारी दिए।

देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली : तत्काल ठूलो पानी नपर्ने
नवलपुर, जेठ १७ । आज देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी क्षेत्रमा अहिलेको मौसम आंशिकदेखि

तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने
नवलपुर, जेठ १६ । देशका धेरै ठाउँमा आज पनि बिहानै घाम चर्किएको छ । एकरदुई दिन अझै घाम चर्किने अनुमान रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना
नवलपुर, जेठ १४ । आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा भने








प्रतिकृया दिनुहोस