देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली : तत्काल ठूलो पानी नपर्ने
नवलपुर, जेठ १७ । आज देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी क्षेत्रमा अहिलेको मौसम आंशिकदेखि सामान्य बदली छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी थोरै ठाउँमा अहिले हल्का पानी परिरहेको छ । ती क्षेत्रमा दिउँसो पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज कोशी र बागमती प्रदेशका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले पश्चिमी निम्न चापीय प्रणाली तथा स्थानीय वायूको प्रभाव छ । पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेपनि तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । काठमाण्डौमा अहिले घाम चर्किएको छ । काठमाण्डौमा आज पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

तत्काल वर्षाको सम्भावना नरहेकाले देशभरको तापक्रम बढ्ने
नवलपुर, जेठ १९ । आज देशभरको मौसम सामान्यतया सफा रहनेछ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव

तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने
नवलपुर, जेठ १६ । देशका धेरै ठाउँमा आज पनि बिहानै घाम चर्किएको छ । एकरदुई दिन अझै घाम चर्किने अनुमान रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना
नवलपुर, जेठ १४ । आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा भने








प्रतिकृया दिनुहोस