-->

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

Nawalpurfm

 

नवलपुर, जेठ १४ ।  आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

 

तराईका जिल्लामा भने हावाहुरी चल्ने अनुमान छ । मौसमविद् समिर श्रेष्ठका अनुसार दिउँसोपछि काठमाण्डौसहित पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना छ । तराईका जिल्लामा भने पानी पर्ने सम्भावना छैन । तराईमा दिउँसोपछि हावाहुरी चल्ने मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।

 

नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायु तथा भारतमा बनेको न्यून चापीय क्षेत्र र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको प्रभाव परेको छ । यसकै प्रभावका कारण अहिले कोशी प्रदेशका धेरैजसो ठाउँको मौसम बदली भएको छ भने बाग्मती र गण्डकी प्रदेशको मौसम आंशिक बदली छ ।

 

 सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेस प्रदेशमा भने यो प्रणालीको असर परेको छैन । यी प्रदेशको मौसम सामान्यतया सफा छ । 

 

 

प्रतिकृया दिनुहोस
Nawalpurfm

तत्काल वर्षाको सम्भावना नरहेकाले देशभरको तापक्रम बढ्ने

नवलपुर, जेठ १९ ।  आज देशभरको मौसम सामान्यतया सफा रहनेछ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव

Nawalpurfm

देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली : तत्काल ठूलो पानी नपर्ने

  नवलपुर, जेठ १७ ।  आज देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी क्षेत्रमा अहिलेको मौसम आंशिकदेखि

Nawalpurfm

तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने

  नवलपुर, जेठ १६ ।  देशका धेरै ठाउँमा आज पनि बिहानै घाम चर्किएको छ । एकरदुई दिन अझै घाम चर्किने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।   मौसमविद्