-->

तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने

Nawalpurfm

 

नवलपुर, जेठ १६ ।  देशका धेरै ठाउँमा आज पनि बिहानै घाम चर्किएको छ । एकरदुई दिन अझै घाम चर्किने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।

 

मौसमविद् रोजर लामिछानेका अनुसार तत्काल पानी पर्ने सम्भावना छैन । प्रि(मनसुुनको समय भएकाले पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख मौसम आंशिक बदली हुने अनुमान भए पनि पानी नपर्ने उहाँले बताउनुभयो ।

 

मौसमविद् लामिछानेका अनुसार तत्काल पानी पार्ने प्रणाली सक्रिय छैन । यसले गर्दा तापक्रम बढ्ने अनुमान छ । पानी पर्न रोकिएसँगै काठमाण्डौसहित धेरै ठाउँको अधिकतम तापक्रम बढ्न थालेको छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो ।

 

आज पनि यही हाराहारीमा तापक्रम पुग्ने अनुमान छ । यस्तै, सिमराको अधिकतम तापक्रम ३८ दशमलव ४, जनकपुरको ३८,  नेपालगञ्जको ३७ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । 

 

 

प्रतिकृया दिनुहोस
Nawalpurfm

तत्काल वर्षाको सम्भावना नरहेकाले देशभरको तापक्रम बढ्ने

नवलपुर, जेठ १९ ।  आज देशभरको मौसम सामान्यतया सफा रहनेछ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव

Nawalpurfm

देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली : तत्काल ठूलो पानी नपर्ने

  नवलपुर, जेठ १७ ।  आज देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी क्षेत्रमा अहिलेको मौसम आंशिकदेखि

Nawalpurfm

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

  नवलपुर, जेठ १४ ।  आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।   तराईका जिल्लामा भने