कैलालीमा किसानबाट १५ हजार ८५२ क्विन्टल धान खरिद
नवलपुर,मंसिर ९ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका ६ वटा खरिद उपकेन्द्रमार्फत किसानको १५ हजार ८५२ क्विन्टल धान खरिद गरेको छ ।
कार्यालयका प्रमुख दीपक थापाकाअनुसार यही मंसिर १ गतेदेखि शुरु भएको धान खरिद प्रक्रियाअन्तर्गत अहिलेसम्म झण्डै १६ हजार क्विन्टल धान खरिद गरिएको हो ।
सरकारले चालू आर्थिक वर्ष २०८३/८४ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ निर्धारण गरेको छ । त्यही मूल्यमा किसानबाट धान खरिद भइरहेको कार्यालयका प्रमुख थापाले जानकारी दिनुभयो ।
यस वर्ष कैलालीका लागि ३० हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको छ । गएको वर्ष ३५ हजार क्विन्टल कोटा रहेकामा यस वर्ष पाँच हजार क्विन्टल कोटा घटेको हो ।
कम्पनीले कैलालीका मोहनपुर, टीकापुर, सत्ती, गौरीगङ्गा, भजनी र जोशीपुर खरिद उपकेन्द्रबाट धान खरिद गरिरहेको छ । सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान बिक्री गर्न पाउँदा किसानलाई राहत पुगेको छ ।
तर, यस वर्ष खरिद कोटा घटेकोमा गुनासो आइरहेको र कोटा बढाउन केन्द्रमा पहल भइरहेको कार्यालयका प्रमुख थापाले बताउनुभएको छ ।

आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु
नवलपुर,मंसिर ९ । आज नोभेम्बर २५ तारिख अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । महिला

बाढी प्रभावितको अन्तिम सूची तयार गरी तत्काल राहत बाँड्न पालिकालाई आग्रह
नवलपुर,मंसिर ९ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत वितरणका लागि सङ्घीय सरकार पूर्ण

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि ५ करोड रुपैयाँ बजेट माग
नवलपुर,मंसिर ८ । कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि पाँच करोड रुपैयाँ बजेट माग गरिएको छ








प्रतिकृया दिनुहोस