आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु
नवलपुर,मंसिर ९ । आज नोभेम्बर २५ तारिख अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।
महिला तथा बालिकामाथि हुने हिंसा मानव अधिकार उल्लङ्घनको स्वरूप भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घले हिंसा अन्त्यका लागि कानुनी व्यवस्था, न्यायमा पहुँच र जनचेतना अभिवृद्धिमा जोड दिँदै आएको छ ।
विश्वभर हरेक १० मिनेटमा एक महिला वा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या हुने गरेको तथ्य पनि सार्वजनिक भएको छ । राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय र संयुक्त राष्ट्रसङ्घीय महिला निकायले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर झण्डै ५० हजार महिला तथा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको तथ्यांक छ ।
महिला हिंसा उन्मूलनको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि शुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म विश्वभर यो अभियान मनाउने गरिन्छ ।
नेपालले पनि महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान विभिन्न कार्यक्रम गरी मनाउने गरेको छ । ‘लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ नाराका साथ १६ दिने अभियान शुरु भएको छ ।
सन् १९८० को दशकदेखि नै विभिन्न देशले महिलामाथि हुने हिंसाविरुद्धको दिवस मनाउँदै आएका छन् । सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसाविरुद्धको अभियान शुरु भएको हो । नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालेको हो ।
२०७५ साल कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको १६ दिने अभियानका रूपमा मनाउने घोषणा गरेको थियो । नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ ।
महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव तथा हिंसाजस्ता जघन्य अपराधलाई कानुनमार्फत नै दण्डनीय बनाइएको छ ।
कैलालीमा किसानबाट १५ हजार ८५२ क्विन्टल धान खरिद
नवलपुर,मंसिर ९ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका ६ वटा खरिद उपकेन्द्रमार्फत किसानको १५ हजार ८५२

बाढी प्रभावितको अन्तिम सूची तयार गरी तत्काल राहत बाँड्न पालिकालाई आग्रह
नवलपुर,मंसिर ९ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत वितरणका लागि सङ्घीय सरकार पूर्ण

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि ५ करोड रुपैयाँ बजेट माग
नवलपुर,मंसिर ८ । कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि पाँच करोड रुपैयाँ बजेट माग गरिएको छ








प्रतिकृया दिनुहोस