गोरखाको चुमनुब्री र धार्चे क्षेत्रमा बेमौसमी हावाहुरी
नवलपुर,मंसिर ८ । गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकामा बेमौसमी हावाहुरी चलेको छ ।
बिहानको हावाहुरीले धार्चे गाउँपालिका–५ सिङ्लाको सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको छ । केही घरका पनि छाना उडाएको स्थानीयबासिन्दाले बताएका छन् ।
स्थानीय शिक्षिका सपना गुरुङका अनुसार, हुरीले विद्यालयको जस्तापाता उडाएको छ । कच्ची अवस्थामा रहेका केही घर र गोठका छाना पनि उडाएको उहाँको भनाइ छ ।
तीव्र हावा चलेपछि धार्चे र चुमनुब्री क्षेत्रका स्थानीयबासिन्दा त्रसित बनेका छन् । त्यस क्षेत्रमा मौसम सफा छ भने अहिले घाम लागिरहेको छ । तर एक्कासी हावाहुरी चलेको हो ।

पोखरामा भाइटीका महोत्सव, १५ देशका ५१ जना पर्यटक सहभागी
नवलपुर,कात्तिक २६ । तिहारको सांस्कृतिक रौनकमा सहभागी हुँदै पोखरा आएका विदेशी पर्यटकले भाइटीका मनाएका छन् । होटल सङ्घ पोखरा नेपालको आयोजनामा

पर्वतको जलजलामा पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन
नवलपुर,कात्तिक १८ । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकामा पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन गरिएको छ । राष्ट्रिय

हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध
नवलपुर, कात्तिक १४ । ‘अर्नब’ चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ








प्रतिकृया दिनुहोस