-->

हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

Nawalpurfm

नवलपुर,  कात्तिक १४ । ‘अर्नब’ चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ ।

हिमपातका कारण कोरला नाका ठप्प भएको छ भने वर्षासँगै पहिरो खस्दा जोमसोम–कोरला सडकखण्ड अवरुद्ध भएको छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बाक्लो हिमपात भइरहेको प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले जानकारी दिनुभयो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि तल्लो क्षेत्रमा पनि हिजोदेखि नै निरन्तर वर्षा भइरहेको छ ।

मुस्ताङको भ्रमणमा रहेका पर्यटक, सर्वसाधारण तथा कोरला नाकामा मालसामान ढुवानीका लागि पुगेका कन्टेनर चालकलाई सुरक्षा सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ ।  

नेपाल–चीन सीमाको कोरला नाका र आसपासका क्षेत्रमा तीन फिटसम्म हिउँ जमेको लोमान्थाङ गाउँपालिका–४ न्हेचुङमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट ९बीओपी०ले जनाएको छ ।

बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार मौसम सामान्य नभएसम्म नेपाल–चीन सीमा व्यापार तथा निकासी–पैठारी कारोबार सञ्चालन नगर्न अनुरोध गरिएको छ ।

उपल्लो मुस्ताङका बस्ती, खर्क, पाटन र उच्च लेकका क्षेत्र कात्तिकमै हिउँले ढाकिएका छन् । हिमपातसँगै चिसो बढेपछि स्थानीयको जनजीवन प्रभावित भएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

म्याग्दीको अन्नपूर्णमा ३० वटा पहिरोको अध्ययन

नवलपुर,कात्तिक १३ । यस वर्षको मनसुनजन्य विपद‍्बाट म्याग्दीको सबैभन्दा धेरै प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका पहिरोको प्रारम्भिक

Nawalpurfm

बुढीगण्डकी बाढी : सरकारी सूचनाभन्दा स्थानीयको सतर्कता र सम्पर्क प्रभावकारी

नवलपुर,असोज २६ । गोरखाको बुढीगण्डकी नदीमा हिजो बाढी आएको खबर समयमै थाहा पाउन नसकेको सरकारले स्वीकार गरेको छ । बुढीगण्डकी नदीको आरुघाटभन्दा माथि जलसतह

Nawalpurfm

बुढीगण्डकी बाढी :  घट्टेखोलामा घर बगायो

नवलपुर,असोज २५ । बुढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि बाढी आएको छ । बिहान करिब साढे चार बजेतिर बुढीगण्डकीमा बाढी आएपछि स्थानीय घर छाडेर भागेका छन्

↑