ताप्लेजुङको ओलाङचुङगोला केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प
नवलपुर,मंसिर ८ । ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ५।६ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु ओलाङचुङगोला–तिब्बत सीमा क्षेत्र रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका डा। लोकविजय अधिकारीले जनाकारी दिनुभयो ।
भूकम्पको धक्का काठमाण्डौ उपत्यका, पूर्वी नेपालका पहाडी तथा तराईका जिल्लासहित विभिन्न ठाउँमा महसुस भएको थियो । भूकम्पबाट भएको क्षतिबारे थप विवरण प्राप्त भएको छैन ।

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि ५ करोड रुपैयाँ बजेट माग
नवलपुर,मंसिर ८ । कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि पाँच करोड रुपैयाँ बजेट माग गरिएको छ

आज हिमाली तथा कोशीको पहाडी क्षेत्रमा आंशिक बादल
नवलपुर,मंसिर ८ । आज हिमाली क्षेत्र साथै कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ । बाँकी क्षेत्रमा मौसम सफा छ । आज बिहान तराई, उपत्यका तथा

विपद् पूर्वसूचना दिने नेपालमै विकसित ‘सेल ब्रोडकास्टिङ’ प्रणालीको सफल परीक्षण
नवलपुर,मंसिर ८ । विपद्को पूर्वसूचना दिन नेपालमै विकसित ‘सेल ब्रोडकास्टिङ’ प्रणालीको प्रारम्भिक प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ








प्रतिकृया दिनुहोस