एनपीएलमा आज जनकपुर र पोखरा खेल्दै
नवलपुर,कात्तिक १५ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स खेल्दैछन् ।
यो खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बेलुकी ५ बजे शुरु हुनेछ । जनकपुरले दुई खेलमध्ये एकमा जीत र अर्कोमा हार बेहोरेको छ । त्यस्तै पोखरा आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो ।
यसअघि हिजो सुदूरपश्चिमलाई ३५ रनले पराजित गर्दै विराटनगरले पहिलो जीत निकालेको छ । वर्षाका कारण पाँच ओभरमा घटाइएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा ३ विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो ।
वर्षाका कारण लुम्बिनी र चितवनको खेल हुन सकेन । दुवै टोलीले समान एकरएक अंक बाँडेका छन् ।

एनपीएल भैरहेको त्रिवि क्रिकेट रङ्गशाला जलमग्न
नवलपुर, कात्तिक १४ । लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग ९एनपीएल० भैरहेको काठमाण्डौको कीर्तिपुर रङ्गशाला जलमग्न भएको छ । मैदान र आसपासको

एनपीएलमा अहिलेसम्म भएका खेलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
नवलपुर, कात्तिक १३ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा अहिलेसम्म भएका ६ खेलमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । हरेक

टी–२० अन्तर्राष्ट्रियमा २०० विकेट लिने पहिलो खेलाडी बने राशिद
नवलपुर,कात्तिक १३ । अफगानिस्तानका पूर्वकप्तान राशिद खान पुरुष टी–२० अन्तर्राष्ट्रिय पुरुष क्रिकेटमा २०० विकेट लिने पहिलो बलर बनेका छन् । यूएईको







प्रतिकृया दिनुहोस