एनपीएल भैरहेको त्रिवि क्रिकेट रङ्गशाला जलमग्न
नवलपुर, कात्तिक १४ । लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग ९एनपीएल० भैरहेको काठमाण्डौको कीर्तिपुर रङ्गशाला जलमग्न भएको छ । मैदान र आसपासको क्षेत्र पानीले भरिएको छ । त्रिवि मैदानलाई त्रिपालले छोपिए पनि पानी त्रिपालभित्रै छिरेको छ ।
एनपीएलमा आज शनिबार २ वटा खेल हुने तालिका छ । तर वर्षाका कारण यी खेल हुने सम्भावना निकै कम छ । अस्तिको खेल सकिएपछि मैदानलाई कभरले ढाकिएको हो । पानी पर्ने क्रम अहिले बिहानसम्म पनि रोकिएको छैन । मौसमविद्काअनुसार दिउँसोसम्म नै पानी पर्ने सम्भावना छ ।
तालिकाअनुसार आज दिउँसो साढे १२ बजे लुम्बिनी लायन्स र चितवन राइनोज तथा बेलुका ५ बजे विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच खेल रहेको छ । एनपीएलमा रिजर्भ डे नराखिएकाले खेल रद्द वा नतिजाविहीन भए टोलीहरूले समान एकरएक अंक बाँड्ने छन् ।
मैदान तयार हुन सके कम्तिमा ५ ओभरको खेल खेलाउने सम्भावना भने कायमै रहन्छ । तर मैदान जलमग्न हुँदा आजको लागि त्यो सम्भावना पनि निक्कै कम छ ।

एनपीएलमा आज जनकपुर र पोखरा खेल्दै
नवलपुर,कात्तिक १५ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स खेल्दैछन् । यो खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा

एनपीएलमा अहिलेसम्म भएका खेलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
नवलपुर, कात्तिक १३ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा अहिलेसम्म भएका ६ खेलमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । हरेक

टी–२० अन्तर्राष्ट्रियमा २०० विकेट लिने पहिलो खेलाडी बने राशिद
नवलपुर,कात्तिक १३ । अफगानिस्तानका पूर्वकप्तान राशिद खान पुरुष टी–२० अन्तर्राष्ट्रिय पुरुष क्रिकेटमा २०० विकेट लिने पहिलो बलर बनेका छन् । यूएईको







प्रतिकृया दिनुहोस