-->

नेपालमा साढे ४७ प्रतिशत जनसंख्यामा मात्रै सुरक्षित खानेपानीको पहुँच

Nawalpurfm

नवलपुर, कात्तिक १४ । नेपालमा ९० प्रतिशत जनसंख्याको घर परिसरमै सुधारिएको खानेपानी पुगे पनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको पानी पाउने जनसंख्या भने साढे ४७ प्रतिशत मात्रै रहेका पाइएको छ । 

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘नेपालमा खानेपानी तथा सरसफाइको अवस्था’ सम्बन्धी प्रतिवेदन अनुसार खानेपानीको पहुँच बढे पनि गुणस्तरमा ठूलो चुनौती देखिएको हो । परीक्षण गरिएका खानेपानीको स्रोतमध्ये ४६ प्रतिशतभन्दा बढी नमुनामा हानिकारक ुइकोली’ ब्याक्टेरिया भेटिएको छ भने उपभोक्ताले प्रयोग गर्ने अवस्थाको पानीमा यो दर ६१ प्रतिशतभन्दा बढी छ । 

त्यस्तै, ९२ दशमलव ८ प्रतिशत जनसंख्यामा सुधारिएको सरसफाइ सुविधा पुगे पनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाइ पाउने परिवार ३९ दशमलव ९ प्रतिशतमात्रै छन् । तथ्याङ्क कार्यालयका निर्देशक विनोदशरण आचार्य पूर्वाधार निर्माणलाई मात्र उपलब्धिको आधार मान्न नसकिने बताउनुहुन्छ । 

खानेपानी र सरसफाइको वास्तविक अवस्था मापन गर्न अब सेवा प्रवाहको गुणस्तरमा समेत ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो । प्रतिवेदन अनुसार खुला दिसामुक्त घोषणा गरिएका कतिपय क्षेत्रमा फेरि सो समस्या बढेको पाइएको छ । कार्यालयकी प्रमुख लक्ष्मीकुमारी बस्नेतले तीनै तहका सरकारले गुणस्तरीय सेवा र दिगो व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

प्रतिवेदनले पुराना खानेपानी संरचनाको नियमित मर्मत, पानी परीक्षण र लैङ्गिक सम्बोधनसहित जोखिममा रहेका स्थानीय तहमा लक्षित लगानी बढाउन सरकारलाई सिफारिस गरेको छ । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

बाँकेमा रहेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते

नवलपुर,कात्तिक १५ । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरमा रहेको अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । आगलागीमा घाइते

Nawalpurfm

डोल्पामा हिमपात हुँदा फसेका भारतीय पर्यटकको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी

नवलपुर,कात्तिक १५ ।  डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा ठूलो हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको उद्धारका लागि

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने गाडीले आजदेखि शुल्क तिर्नुपर्ने

नवलपुर,कात्तिक १५ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने गाडीले आजदेखि शुल्क तिर्नुपर्ने भएको छ । आयोजनाका अनुसार कार, भ्यान,

↑