वर्षा गराउने प्रणाली कमजोर बन्दै, धेरैजसो ठाउँमा बेलुकादेखि वर्षा रोकिने
नवलपुर, कात्तिक १४ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण काठमाण्डौ उपत्यकासहित देशैभरको जनजीवन नराम्ररी प्रभावित भएको छ ।
लगातारको झरीले सडक आवागमन, आन्तरिक हवाई उडान तथा नागरिकका दैनिक कामकाजमा बाधा पुर्याएको छ भने प्रमुख नदी तथा खोलाहरूमा पानीको बहाव उच्च बढेको छ । काठमाण्डौ उपत्यकामा बागमती, विष्णुमती, धोबीखोला र मनोहरालगायतका नदीको जलसतह बढेपछि सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
लगातारको वर्षाले पहाडी भेगमा पहिरो र तराईका क्षेत्रमा डुबानको खतरा बढेको छ । राष्ट्रिय राजमार्गका विभिन्न खण्डमा पहिरो खस्न सक्ने भएकाले लामो दूरीका यात्रुहरूलाई मौसमको पूर्वजानकारी लिएर मात्र यात्रा गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । मौसमविद्हरूका अनुसार वर्षा गराउने प्रणाली क्रमशः कमजोर हुँदै गएको छ ।
जलवायु तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायका अनुसार शुक्रबार बेलुकादेखि नै धेरैजसो क्षेत्रमा वर्षा रोकिएर रातिसम्म बादल हट्ने र भोलि (आइतबार) बिहानदेखि उज्यालो घाम लाग्ने सम्भावना छ । तर, कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, गौरीशंकर, लाङटाङ, गणेश, मनासलु, अन्नपूर्ण र धौलागिरि–गुर्जा हिमाली क्षेत्रका दक्षिणी मोहडाका उपत्यका तथा खोँचहरूमा भने भोलि बिहानसम्मै वर्षा र हिमपातको सम्भावना कायम छ ।
यसैगरी, गण्डकी तथा कोशी जलाधार क्षेत्रका ससाना नदीहरूमा बाढीको जोखिम भोलि बिहानसम्मै रहने भएकाले विशेष सतर्कता अपनाउन मौसमविदले सम्बन्धित क्षेत्रका बासिन्दालाई आग्रह गरेका छन् ।

बाँकेमा रहेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते
नवलपुर,कात्तिक १५ । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरमा रहेको अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । आगलागीमा घाइते

डोल्पामा हिमपात हुँदा फसेका भारतीय पर्यटकको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी
नवलपुर,कात्तिक १५ । डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा ठूलो हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको उद्धारका लागि
नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने गाडीले आजदेखि शुल्क तिर्नुपर्ने
नवलपुर,कात्तिक १५ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने गाडीले आजदेखि शुल्क तिर्नुपर्ने भएको छ । आयोजनाका अनुसार कार, भ्यान,







प्रतिकृया दिनुहोस